Dataset Viewer
Auto-converted to Parquet
question
stringlengths
21
113
answer
stringlengths
0
11.7k
नागरिकता भनेको के हो?
राज्यसँग नागरिकको कानूनी सम्बन्ध स्थापीत गरी अधिकारको रक्षा गर्ने दस्तावेज नागरिकता हो। यो राज्य र नागरिकबिचको सम्बन्ध सेतुको रुपमा रहेको हुन्छ। नागरिकता राजनीतिक समुदायको सदस्यता हो। नागरिक वैयक्तिक पहिचान हो भने नागरिकता राज्य र व्यक्तिको सम्बन्ध सूचकको अवस्था हो।
नेपालमा हाल कुन कुन प्रकारको नागरिकता वितरण गरिन्छ ?
नेपालको संविधान र नेपाल नागरिकता ऐन, २०६३ बमोजिम नेपालमा हाल देहाय बमोजिमका नेपाली नागरिकताको प्रमाणपत्रहरू वितरण गर्ने व्यवस्था रहेको छः वंशजको आधारमा नेपाली नागरिकता अंगीकृत नेपाली नागरिकता (वैवाहिक अंगीकृत नेपाली नागरिकता सहित) गैर आवासीय नेपाली नागरिकता सम्मानार्थ नेपाली नागरिकता
नागरिकता सम्बन्धी मौजुदा कानूनहरू के के छन् ?
नागरिकता सम्बन्धी मौजुदा कानूनहरू देहाय बमोजिम रहेका छन्ः नेपालको संविधान नेपाल नागरिकता ऐन, २०६३ नेपाल नागरिकता नियमावली, २०६३ नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३ यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई लिङ्गको महलमा “अन्य” जनाई नागरिकता जारी गर्ने सम्बन्धी निर्देशिका, २०६९ नागरिकता प्रमाणपत्र वितरण टोलीको कार्यसञ्चालन निर्देशिका, २०७० नागरिकता प्रमाणपत्रको डाटा हेर्ने मात्र पहुँच दिने सम्बन्धी कार्यविधि, २०७५
कस्तो व्यक्तिले नेपाली नागरिकता पाउँछन् ?
नेपालको संविधानको भाग २ (धारा १० - धारा १५) मा नागरिकता सम्बन्धी देहाय बमोजिमको व्यवस्था रहेको छः १०. नागरिकताबाट वञ्चित नगरिनेः (१) कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन।       (२) नेपालमा प्रादेशिक पहिचान सहिको एकल संघीय नागरिकताको व्यवस्था गरिएको छ। ११. नेपालको नागरिक ठहर्नेः (१) यो संविधान प्रारम्भ हुँदाका बखत नेपालको नागरिकता प्राप्त गरेका र यस भाग बमोजिम नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुनेछन्।      (२) यो संविधान प्रारम्भ हुँदाका बखत नेपालमा स्थायी बसोवास भएको देहायको व्यक्ति वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछः           (क) यो संविधान प्रारम्भ हुनु भन्दा अघि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको व्यक्ति,           (ख) कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति।      (३) यो संविधान प्रारम्भ हुनु भन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भए पछि वंशजको आधारमा नेपालको               नागरिकता प्राप्त गर्नेछ।      (४) नेपाल भित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालकनिजको बाबु वाआमा फेला नपरे सम्म वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछ।      (५) नेपालको नागरिक आमाबाट नेपालमा जन्मभई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ।           तर बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानून बमोजिम अंगीकृत नागरिकतामा परिणत हुनेछ।     (६) नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशि महिलाले चाहेमा संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्नेछ।     (७) यस धारामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा निज नेपालमा नै स्थायी बसोबास गरेको र निजले विदेशी मुलुकको            नागरिकता प्राप्त गरेको रहेनछ भने निजले संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने छ।           तर नागरिकता प्राप्त गर्दाका बखत निजका आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने नेपालमा जन्मेको त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न सक्नेछ।     (८) यस धारामा लेखिए देखि बाहेक नेपाल सरकारले संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता प्रदान गर्न सक्नेछ।     (९) नेपाल सरकारले संघीय कानून बमोजिम नेपालको सम्मानार्थ नागरिकता प्रदान गर्न सक्नेछ।     (१०) नेपाल भित्र गाभिने गरी कुनै क्षेत्र प्राप्त भएमा त्यस्तो क्षेत्र भित्र बसोबास भएको व्यक्ति संघीय कानूनको अधिनमा रही नेपालको नागरिक हुनेछ। १२. वंशीय आधार तथा लैंगिक पहिचान सहितको नागरिकताः यो संविधान बमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैंगिक पहिचान सहितको नेपालको        नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ। १३. नागरिकताको प्राप्ति, पुनः प्राप्ति र समाप्तिः नागरिकताको प्राप्ति, पुनः प्राप्ति र समाप्ति सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ। १४. गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न सकिनेः विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा वंशजको वा जन्मको       आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न        पाउने गरी नेपालको गैर आवासीय नागरिकता प्रदान गर्न सकिने छ। १५. नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्थाः नेपालको प्रत्येक नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्ने तथा नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ।
कस्तो व्यक्तिले वंशजको नाताले नेपालको नागरिकता प्राप्त गर्न सक्छन् ?
नेपाल नागरिकता ऐन, २०६३ को दफा ३ बमोजिम देहायका व्यक्तिले वंशजको नाताले नेपालको नागरिकता प्राप्त गर्न सक्छन्ः (१) कुनै व्यक्तिको जन्म हुँदा निजका बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुनेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी नागरिकसँग विवाह गर्ने नेपाली नागरिक महिलाबाट जन्मिएका सन्तानको हकमा दफा (५) को उपदफा (२) बमोजिम हुनेछ । (३) नेपाल सरहदभित्र फेला परेको पितृत्व मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मानिनेछ ।
अंगीकृत नेपाली नागरिकता कस्तो व्यक्तिले प्राप्त गर्न सक्दछन् ?
नेपाल नागरिकता ऐन, २०६३ को दफा ५ मा व्यवस्था भएबमोजिम देहायबमोजिमका व्यक्तिहरूले अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न सक्दछन्ः नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिला विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मिएका छोराछोरी (निजको नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास  गरेको र बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता लिएको रहेनछ भने) विज्ञान, दर्शनशास्त्र, कला, साहित्य, विश्वशान्ति, मानव कल्याण वा नेपालको औद्योगिक, आर्थिक वा सामाजिक उन्नतिमा विशेष योगदान पुर्‍याएको वा पुर्‍याउन सक्ने भनी मनासिब आधारमा नेपाल सरकारले उचित ठहर्‍याएको व्यक्ति अंगीकृत नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिको सन्तानमध्ये निजले सो नागरिकता प्राप्त गर्नुभन्दा पहिले जन्मेका सन्तान
के मैले जन्मको आधारमा नागरिकता पाउन सक्छु ?
नेपालको संविधान जारी हुनुपूर्व जन्मको आधारमा नेपाली नागरिकता वितरण हुन्थ्यो । वर्तमान संविधानमा जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गर्नेसम्बन्धी व्यवस्था छैन ।
वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न के कस्तो कार्यविधि पुरा गर्नुपर्दछ ?
नेपाल नागरिकता नियमावली, २०६३ को नियम ३ मा वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न देहायबमजिमको व्यवस्था गरिएको छः (१) वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने सोह्र बर्ष उमेर पूरा भएको नेपाली नागरिकले सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष देहायका कागजात संलग्न राखी अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ । (क) बाबु वा आमा वा आफ्ना वंशतर्फका तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्र, (ख) जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय निकायले गरिदिएको सिफारिस वा जन्मदर्ता प्रमाणपत्र, (ग) खण्ड (क) बमोजिम तीन पुस्ताभित्रको नातेदारको नागरिकताको प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसँगको नाता खुल्ने नाता प्रमाणित पत्र (२) उपनियम (१) बमोजिमका प्रमाण निवेदनसाथ पेश गर्न नसक्ने नेपाली नागरिकलाई देहायका कागजातका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिन सकिनेछः (क) निवेदकका बाबु वा आमा नेपाली नागरिक भएकोले निज वंशजको नाताले नेपालको नागरिक भएको र नेपालमा जन्म भई निरन्तर रूपमा नेपाल सरहदभित्र स्थायी रुपमा बसोबास गरी आएको व्यहोरा खुल्ने गरी स्थानीय निकायका प्रतिनिधिको रोहबरमा अनुसूची-३ बमोजिमको ढाँचामा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त स्थानीय बासिन्दाहरूले गरिदिएको स्थलगत सर्जमिन, (ख) सम्बन्धित वडामा बसोबास गर्ने तीन जना नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नेपाली नागरिकले अनुसूची-४ बमोजिमको ढाँचामा सर्जमिनस्थल मैँ गरिदिएको सनाखत ।     तर, नागरिकताको सिफारिस गर्ने वा नागरिकता प्रदान गर्ने अधिकारीलाई सनाखत गर्ने व्यक्तिले शंकास्पद रूपमा सनाखत गरेको लागेमा त्यस्तो अधिकारीले त्यस उपर थप छानवीन गर्न सक्नेछ । (३) नेपाल सरहदभित्र फेला परेको पितृत्व मातृत्वको ठेगान नभएको नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने सोह्र बर्ष उमेर पूरा भएको व्यक्तिले देहायका कागजात संलग्न राखी अनुसूची-१ बमोजिमको ढाँचामा सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्नेछः (क) नेपाल सरकारबाट स्वीकृति प्राप्त बालमन्दिर वा अनाथ बालबालिका संरक्षण गर्ने संघसंस्था वा अनाथालयको संरक्षणमा हुर्ने बढेको भए त्यस्तो संस्थाको सिफारिस, (ख) कुनै व्यक्ति विशेषले प्रचलित कानूनबमोजिम संरक्षकत्व प्राप्त गरी पालनपोषण गरेको भए पालनपोषण गर्ने व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, (ग) खण्ड (क) बमोजिमको संस्थामा पालनपोषण गर्ने संस्थाका प्रमुखबाट गरिदिएको सनाखत वा खण्ड (ख) बमोजिम पालनपोषण गर्ने व्यक्तिले गरिदिएको सनाखत, (४) उपनियम (३) बमोजिम निवेदकको पितृत्व वा मातृत्वको सम्बन्धमा थप कुरा बुझ्नुपर्ने भएमा आवश्यकताअनुसार स्थानीय तहको सिफारिस वा प्रहरी प्रतिवेदन माग गर्न सकिनेछ । (५) उपनियम (१) र (३) बमोजिम प्राप्त निवेदनउपर छानवीन गर्दा निवेदक वंशजको नाताले नागरिकताको प्रमाणपत्र पाउन योग्य देखिएमा निजलाई वंशजको नाताले नागरिकताको प्रमाणपत्र जारी गर्न सकिनेछ । (६) पितृत्व मातृत्वको ठेगान नभएको व्यक्तिको नागरिकताको प्रमाणपत्रको बाबुवा वा आमाको नाम उल्लेख हुनुपर्ने स्थानमा पितृत्व मातृत्वको ठेगान नभएको व्यहोरा जनाई संरक्षकको नाम, थर र ठेगाना उल्लेख गर्नुपर्नेछ । (७) यो नियम प्रारम्भ हुनुभन्दा अघि समयसमयमा खटिएका नागरिकता टोलीले तयार गरेको दर्ता अभिलेख र वितरण गरेको अस्थायी निस्सालाई समेत आधार लिई नागरिकताको प्रमाणपत्र जारी गर्न सकिनेछ । (८) उपनियम (२) बमजिम नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न निवेदन दिने व्यक्तिहरूको सूची सोही दिन सार्वजनिक गर्नुपर्नेछ ।
अंगीकृत नागरिकता प्राप्त गर्न कस्तो रीत पुर्याउनुपर्छ ?
नेपाल नागरिकता ऐन, २०६३ को दफा ५ मा अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न देहायबमजिमको व्यवस्था गरिएको छः (१) नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ । त्यसरी निवेदन दिँदा नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्धको र आफूले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पनि साथै पेश गर्नु पर्नेछ । (२) विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मिएका छोराछोरीको हकमा निजको नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको र बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता लिएको रहेनछ भने निजलाई तोकिएबमोजिम अङ्गीकृत नागरिकता प्रदान गर्न सकिनेछ । (३) उपदफा (२) बमोजिम अङ्गीकृत नागरिकता प्राप्त गर्न चाहने व्यक्तिले देहायका कागजात संलग्न गरी तोकिएको अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ : (क) आमाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, (ख) नेपालमा जन्म भई स्थायी बसोबास गरेको व्यहोरा खुल्ने सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सिफारिस, (ग) बाबुको नागरिकताको आधारमा कुनै विदेशी मुलुकको नागरिकता नलिएको निस्सा । (४) देहायका शर्त र अवस्था पूरा गरिसकेका विदेशी नागरिकमध्ये विज्ञान, दर्शनशास्त्र, कला, साहित्य, विश्वशान्ति, मानव कल्याण वा नेपालको औद्योगिक, आर्थिक वा सामाजिक उन्नतिमा विशेष योगदान पु-याएको वा पुर्‍याउन सक्ने भनी मनासिब आधारमा नेपाल सरकारले ठहर्‍याएको व्यक्तिलाई तोकिएबमोजिम अङ्गीकृत नेपाली नागरिकता प्रदान गर्न सकिनेछ : (क) नेपाली वा नेपालमा प्रचलित अन्य कुनै भाषा बोल्न र लेख्न जानेको, (ख) नेपालमा कुनै व्यवसाय गरी बसेको, (ग) अन्य मुलुकको नागरिकता त्यागेको वा त्याग्ने घोषणा गरेको, (घ) कम्तीमा पन्ध्र वर्षसम्म नेपालमा बसोबास गरेको, (ङ) नेपाली नागरिकलाई अङ्गीकृत नागरिकता दिने कानूनी व्यवस्था वा प्रचलन भएको मुलुकको नागरिक भएको, (च) असल चालचलन भएको, (छ) मानसिक रुपले स्वस्थ भएको । (५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि भङ्गीकृत नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिको सन्तानमध्ये निजले सो नागरिकता प्राप्त गर्नुभन्दा पहिले जन्मेको सन्तानले तोकिए बमोजिम अङ्गीकृत नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ । (६) यस दफा बमोजिम अङ्गीकृत नेपाली नागरिकता पाउने व्यक्तिलाई अनुसूची बमोजिमको शपथग्रहण गराई तोकिएको ढाँचामा नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिनेछ र त्यस्तो प्रमाणपत्र पाएको मितिदेखि त्यस्तो व्यक्ति नेपालको अङ्गीकृत नागरिक हुनेछ ।
अंगीकृत नेपाली नागरिकता र वैवाहिक अंगीकृत नेपाली नागरिकतामा के फरक छ ?
वैवाहिक अंगीकृत नागरिकता छुट्टै प्रकारको नागरिकता नभई अंगीकृत नेपाली नागरिकताको स्वरुप हो । सामान्यतया आफ्नो देशको कानूनको पालना र समर्थन गर्ने वाचा गरी वफादारीको शपथ लिने गैर नागरिकलाई अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिन्छ । मुलुकअनुसार गैर नागरिकलाई अंगीकरण गर्ने कानूनहरू फरक फरक हुन्छन् । नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलालाई संघीय कानूनबमोजिम वैवाहिक अंगीकृत नेपाली नागरिकता प्रदान गरिन्छ ।
सम्मानार्थ नेपाली नागरिकता कस्तो व्यक्तिलाई प्रदान गरिन्छ ?
नेपाल नागरिकता ऐन, २०६३ को दफा ६ मा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिलाई नेपालको सम्मानार्थ नेपाली नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ ।
कस्तो अवस्थामा नेपाली नागरिकता कायम रहँदैन ?
नेपाल नागरिकता ऐन, २०६३ को दफा १० मा देहायको अवस्थामा नेपाली नागरिकता कायम नरहने व्यवस्था गरिएको छः (१) नेपालको कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन । (२) नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न तोकिए बमोजिम सूचना गरेपछि तोकिएको अधिकारीले त्यस्तो सूचना दर्ता गर्नेछ र त्यसरी दर्ता गरिएको मितिदेखि निजको नेपाली नागरिकता कायम रहने छैन । (३) दफा १४ बमोजिम कुनै व्यक्तिलाई नेपाली नागरिकताबाट हटाइएकोमा त्यसरी हटाइएको मितिदेखि त्यस्तो व्यक्तिको नेपाली नागरिकता कायम रहने छैन । (४) कुनै व्यक्तिलाई एकैसाथ नेपालको र विदेशी मुलुकको नागरिकता प्राप्त हुने भवस्था भएमा त्यस्तो व्यक्तिले सोह्र वर्ष उमेर पुगेको दुई वर्षभित्र कुनै एक मुलुकको नागरिकता रोज्नु पर्नेछ । त्यसरी नागरिकता नरोजेको अवस्थामा सो म्याद नाघेपछि निजको नेपाली नागरिकता कायम रहने छैन ।
नाबालक परिचयपत्र भनेको के हो ? यसको अवधि कति हुन्छ ?
नेपाल नागरिकता ऐन, २०६३ मा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न १६ बर्ष उमेर पुग्नुपर्ने प्रावधान छ । १६ बर्ष उमेर पुरा नभएको व्यक्तिलाई आवश्यक परेको खण्डमा नेपाली नागरिकता सरहको प्रमाणपत्रको रुपमा नाबालक परिचयपत्र जारी गरिन्छ । स्थानीय प्रशासन ऐन, २०२८ ले नाबालक परिचयपत्र प्रदान गर्ने साधिकार प्रमुख जिल्ला अधिकारीमा रहने व्यवस्था गरेको छ । नाबालक परिचयपत्र प्राप्त गरेको व्यक्ति १६ बर्ष पुगेपश्चात् यो परिचयपत्र स्वतः निष्क्रिय हुन्छ ।
नेपाली नागरिकता परित्याग गर्ने प्रक्रिया कस्तो छ ?
नेपाल नागरिकता नियमावली, २०६३ को नियम ९ मा नेपाली नागरिकता परित्याग गर्ने कार्यविधिसम्बन्धी देहायबमोजिम व्यवस्था गरिएको छः (१) कुनै नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न चाहेमा निज नेपालभित्र बसेको भए सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष र विदेशमा बसेको भए सम्बन्धित नेपाली राजदूत वा नेपाली नियोग प्रमुख वा महावाणिज्यदूत वा वाणिज्यदूतसमक्ष आफूले प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कलप्रति संलग्न गरी अनुसूची-९ बमोजिमको ढाँचामा सूचना दिनुपर्नेछ । (२) उपनियम (१) बमोजिम विदेशमा सूचना दिएको भए सात दिनभित्र पूरा विवरण खोली नेपाली राजदूत वा नेपाली नियोग प्रमुख वा महावाणिज्यदूत वा वाणिज्यदूतले परराष्ट्र मन्त्रालयमार्फत मन्त्रालयमा लेखी पठाउनुपर्नेछ। (३) उपनियम (२) बमोजिम प्राप्त भएको सूचना मन्त्रालयले सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष पठाउनुपर्नेछ। (४) उपनियम (१) बमोजिम सूचना प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारीले त्यस्तो सूचना अनुसूची-१० बमोजिमको ढाँचाको दर्ता किताबमा दर्ता गर्नुपर्नेछ र त्यसरी दर्ता भएको मितिदेखि त्यस्तो व्यक्तिको नेपाली नागरिकता समाप्त हुनेछ।
नेपाली नागरिकता परित्याग गरेपछि फेरी नेपाली नागरिकता लिन पाईन्छ, पाईँदैन ?
नेपाल नागरिकता ऐन, २०६३ को दफा ११ मा कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशि मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ । भन्ने व्यवस्था छ ।
नेपाली नागरिकता समाप्त भएपश्चात् के मेरो अधिकार र कर्तव्य पनि अन्त्य हुन्छ ?
नेपाल नागरिकता ऐन, २०६३ को दफा १६ मा कुनै कारणबाट कसैको नेपाली नागरिकता समाप्त भएमा नेपालको नागरिक रहेका बखत निजले गरेको कुनै कार्यको सम्बन्धमा निजको अधिकार, कर्तव्य र दायित्व त्यसरी नागरिकता समाप्त भएको कारणले मात्र लोप भएको मानिने छैन । भन्ने व्यवस्था रहेको हुँदा कुनै व्यक्तिको नेपाली नागरिकता समाप्त भएपश्चात् निजको अधिकार, कर्तव्य र दायित्व समाप्त हुँदैन ।
नेपाली नागरिकताको प्रमाणपत्रमा विवरण फरक परेमा सच्याउने सम्बन्धमा के कस्तो व्यवस्था छ ?
नेपाल नागरिकता ऐन, २०६३ को दफा १७ मा नेपाली नागरिकताको प्रमाणपत्रमा संशोधन गर्नेसम्बन्धी निम्नानुसारको व्यवस्था गरेको छः (१) कनै व्यक्तिले आफ्नो नेपाली नागरिकताको प्रमाणपामा उल्लिखित थर वा उमेर शैक्षिक योग्यताको प्रमाणपत्रमा फरक पर्न गई वा नागरिकताको प्रमाणपत्रामा सानातिना त्रुटी भई सो विवरण सच्याउन चाहेमा आवश्यक प्रमाणसहित तोकिएको अधिकारी समक्ष निवेदन दिनु पर्नेछ । स्पष्टीकरण : यस उपदफाको प्रयोजनको लागि “सानातिना त्रुटी” भन्नाले नागरिकताको प्रमाणपत्रमा उल्लिखित विवरणमा तात्विक अन्तर नपर्ने जस्तैः “कुमारी”, “देवी”, “बहादुर', “प्रसाद" जस्ता शब्द बढी राखिएको वा छुटेको वा आकार, इकारमा फरक परेको वा यस्तै अन्य सानातिना त्रुटीलाई जनाउनेछ । (२) उपदफा (१) बमोजिम निवेदन परेपछि सम्बन्धित अधिकारीले निजसँग भएको सबुत प्रमाण र आवश्यकताअनुसार साक्षी सरजमिन समेत बुझी त्यस्तो विवरण सच्याई पहिले लिएको नागरिकताको प्रमाणपत्र खिची अर्को नागरिकताको प्रमाणपत्र दिन सक्नेछ । (३) विवाह वा सम्बन्ध विच्छेद भएकी महिलाले थर, वतन वा अन्य विवरण संशोधन गर्न निवेदन दिएमा तोकिएको अधिकारीले आवश्यक कुरा बुझी पहिले लिएको नागरिकताको प्रमाणपत्र खिची थर, वतन वा विवरण संशोधन गरी अर्को नागरिकताको प्रमाणपत्र दिन सक्नेछ ।
दलित जातिका नागरिकहरूको थर संशोधन गर्न के गर्नुपर्दछ ?
समाजमा अझै विद्यमान रहेको जातिगत संकिर्णताले गर्दा जातीय आधारमा आफूलाई हिनताबोध हुने एवं संकिर्णता जनाउने थर भएका व्यक्तिले बाबुको भन्दा फरक थर राखी नागरिकता प्रमाणपत्र माग गरेमा छानवीन गरी व्यहोरा मनासिब देखिएमा नागरिकताको प्रमाणपत्रमा नयाँ थर राखी वा थर सच्याई नागरिकताको प्रमाणपत्र दिने व्यवस्था छ । जसको लागि थर संशोधन गर्ने व्यक्तिले स्थानीय तहको सिफारिस साथै राखी नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्ने साधिकार निकायमा संशोधन सहितको प्रतिलिपी नागरिकताको लागि निवेदन दिनुपर्दछ ।
झुठ्ठा विवरण पेश गरी नागरिकता लिएमा वा दोहोरो वा तेहोरो नागरिकता लिएमा के हुन्छ ?
नेपाल नागरिकता ऐन, २०६३ को दफा १२ मा कुनै नेपाली नागरिकले झुठ्ठो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आएमा तोकिएको अधिकारीले त्यस्तो नागरिकताको प्रमाणपत्र रद्द गर्नेछ । भन्ने व्यवस्था छ भने ऐ.को दफा १३ मा कसैले पनि एकभन्दा बढी नागरिकताको प्रमाणपत्र लिन हुँदैन । भन्ने व्यवस्था छ । त्यस्तै ऐ. को दफा १४ मा कुनै विदेशी व्यक्तिले झुठ्ठो विवरण वा बयान दिई नेपाली नागरिक हो भनी झुक्याई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको कुरा प्रमाणित हुन आएमा नेपाल सरकारले निजको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने आदेश दिनेछ । भन्ने व्यवस्था छ । ऐ. ऐनको दफा २१ मा झुठ्ठा विवरण पेश गरी नेपाली नेपाली नागरिकताको प्रमाणपत्र लिएमा वा दोहोरो वा तेहोरो नागरिकता लिएमा देहायबमोजिम सजायको व्यवस्था गरिएको छः (१) कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झुठो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेमा एक वर्ष देखि पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । झुठो विवरण दिई नागरिकता प्राप्त गरेबापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुनेछ । (२) कनै विदेशीलाई झुठो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई छ महिनादेखि तीन वर्षसम्म कैद वा पच्चीस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । (३) कसैले नेपाली नागरिकताको झुठो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बीस हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । (४) कसैले सक्कल नागरिकताको प्रमाणपत्रमा भएको विवरणमा आफूखुशी थपघट गरेमा वा सच्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । (५) दफा १२ बमोजिम झुठो विवरण दिई नागरिकताको प्रमाणपत्र प्राप्त गरेमा वा दफा १७ बमोजिम सच्याइएको विवरण झुठो प्रमाणित भएमा त्यस्तो झुठो विवरण दिने व्यक्तिलाई वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको बर्खिलाप अन्य कुनै कसूर गर्ने गराउने व्यक्तिलाई पन्ध्र हजार रुपैयाँसम्म जरिवाना हुनेछ । (६) नेपाली नागरिकताको प्रमाणपत्र दिने अधिकारीले जानी-जानी वा बदनीयत राखी यस ऐन वा यस ऐन अन्तर्गत बनेका नियम विपरीत हुने गरी नागरिकताको प्रमाणपत्र दिएमा वा नागरिकताको प्रमाणपत्रको विवरण सच्याएमा त्यस्तो पदाधिकारी वा कर्मचारी उपर प्रचलित कानुन बमोजिम विभागीय कारवाही हुनेछ । (७) उपदफा (१), (२) र (३) अन्तर्गत सजाय हुने कसूर गर्न उद्योग गर्ने वा मद्दत गर्ने व्यक्तिलाई सोही उपदफामा तोकिएको सजायको आधा सजाय हुनेछ ।
के नागरिकताको प्रमाणपत्र प्राप्त गर्न दस्तुर तिर्नुपर्दछ ?
नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न कुनै पनि दस्तुर तिर्नुपर्दैन ।
नागरिकता प्राप्त गर्ने व्यक्तिले पालना गर्नुपर्ने शर्तहरू के के हुन् ?
नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३ को दफा ६२ बमोजिम नागरिकता प्राप्त गर्ने व्यक्तिले पालना गर्नुपर्ने शर्तहरू देहायबमोजिम छन्ः १. तोकिएको ढाँचामा पूरा विवरण भरी निवेदन दिनुपर्नेछ । २. निवेदनसाथ तोकिएबमोजिमका प्रमाणहरू पेश गर्नुपर्नेछ । ३. निवेदन नेपाली नागरिकले मात्र दिन सक्नेछन् । ४. निवेदकको नाम, थर, जात, बाबुको नाम, ठेगाना, राष्ट्रियताको विवरण गलत दिनुहुँदैन । ठीक साँचो हुनुपर्नेछ ।
के आमा बाबुको ठेगान नभएका व्यक्तिले नेपाली नागरिकता प्राप्त गर्न सक्छन् ?
नेपालको संविधानको धारा ११(४) मा नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछ । भन्ने व्यवस्था रहेको छ भने ऐ.को धारा ११(५) मा नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ । तर बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानूनबमोजिम अंगीकृत नागरिकतामा परिणत हुनेछ । भन्ने व्यवस्था छ ।
के आमाको नामबाट नेपाली नागरिकता प्राप्त गर्न सम्भव छ ?
नेपालको संविधानको धारा १२ मा यो संविधान बमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैंगिक पहिचान सहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ । भन्ने व्यवस्था रहेको हुँदा आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न सम्भव छ ।
नेपालमा नागरिकताको इतिहास कस्तो छ ?
बि.सं. १९१० को मुलुकी ऐन, पृथ्वीनारायण शाहको दिव्योपदेश, राणाकालीन सनद सवालहरूमा नेपाली नागरिक र गैर नेपाली नागरिकको विभेदबारे उल्लेख छ । सो भन्दा पहिला नेपाली नागरिक र गैर नेपाली नागरिक छुट्याउन सकिने स्पष्ट आधार भेटिँदैन । नेपाल सरकार वैधानिक कानून २००४ र नेपालको अन्तरिम शासन विधान, २००७ मा नेपाली नागरिकताको प्रमाणपत्रको सम्बन्धमा स्पष्ट व्यवस्था नभएपनि नागरिकको निमित्त एकै किसिमको देवानी ऐन जारी गर्ने व्यवस्थालाई हेर्दा नागरिक र गैर नागरिक छुट्टिएको देखिन्छ । नेपालमा नागरिकताको नीतिगत थालनी वि.सं. २००९/०१/२६ बाट लागू भएको नेपाल नागरिकता ऐन, २००९ बाट भएको देखिन्छ । नेपालमा नागरिकतासम्बन्धी कानूनको ऐतिहासिक विकासक्रमः मिति विवरण कैफियत २००९/०१/२६ पहिलो नागरिकता ऐन जारी भई लागू   २०१९ नागरिकतासम्बन्धी विषयलाई प्रथमपटक संविधानमा समावेश नेपालको संविधान २०२०/११/१६ नेपाल नागरिकता ऐन, २०२० लागू   २०२५ नेपाल नागरिकता नियमावली, २०२५ लागू भई नागरिकताको ढाँचा अनुसूची मैँ निर्धारण   २०४६/०७/२३ भाग २ मा नागरिकतासम्बन्धी व्यवस्थासहित नयाँ संविधान जारी नेपाल अधिराज्यको संविधान २०४८ नागरिकता ऐन   २०४९ नागरिकता नियमावली   २०६३ भाग २ मा नागरिकतासम्बन्धी व्यवस्थासहित नयाँ संविधान जारी, २०४६ साल चैत्र मसान्तलाई आधार बर्ष मानी जन्मको आधारमा नागरिकता प्रदान गर्ने व्यवस्था नेपालको अन्तरिम संविधान २०६३/०८/१० नेपाल नागरिकता ऐन, २०६३ जारी भई लागू   २०६३ नेपाल नागरिकता नियमावली, २०६३ जारी भई लागू   २०६३ नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३   २०६६/०४/१९ राजपत्रमा नागरिकता नियमावलीमा रहेका अनुसूची हेरफेरसम्बन्धी सूचना प्रकाशन (अंग्रेजीमा विवरण समावेश गर्ने लगायत)   २०६३ पश्चात् जिल्ला प्रशासन कार्यालयहरूले विभिन्न सफ्टवेयरहरू निर्माण एवं प्रयोग गरी सञ्चालयमा ल्याईएको   २०६८ पहिलोपटक मन्त्रालयबाट नै CCDS (Citizenship Card Distribution System) सफ्टवेयर बनाई तीनवटा जिल्ला प्रशासन कार्यालयहरू ललितपुर, भक्तपुर र मुस्ताङमा कम्प्युटरमार्फत नागरिकता प्रमाणपत्र वितरण कार्यको थालनी   २०६८ CCDS मा थप सुधार गरी थप ५८ वटा जिल्ला प्रशासन कार्यालयहरूमा विस्तार तथा अन्य प्रणालीमा भएका डाटा समेत CCDS मा Migration   २०६९ Desktop Based CCDS मा रहेका समस्या समाधान गरी कम्प्युटरमार्फत नागरिकता प्रमाणपत्र वितरण गर्ने कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन Web-based Citizenship Information Management System (CIMS) निर्माण गरी सञ्चालनमा ल्याईएको । उक्त प्रणालीमा जिल्ला/इलाका/सीमा प्रशासन कार्यालयहरूमा Local रूपमा Server Set Up गरी मन्त्रालयमा रहेको Central Server मा Data Synchronize हुने व्यवस्था मिलाईएको ।   २०६६/०८/०१ नागरिकता प्रमाणपत्रमा अंग्रेजीमा समेत विवरण समावेश गर्ने व्यवस्था लागू,   २०६९/०९/१६ यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई लिङ्गको महलमा “अन्य” जनाई नागरिकता जारी गर्ने सम्बन्धि निर्देशिका, २०६९ स्वीकृत भई लागू   २०७० नागरिकता प्रमाणपत्र वितरण टोलीको कार्यसञ्चालन निर्देशिका जारी   २०७५ नागरिकता प्रमाणपत्रको डाटा हेर्नेमात्र पहुँच दिनेसम्बन्धी कार्यविधि जारी   २०७७ CIMS लाई Upgrade गरी कुनै एक जिल्लाबाट जारी भएको नागरिकता प्रमाणपत्रको गैर जिल्लाबाट प्रतिलिपी जारी गर्न सकिने, फोटो अनुसूची लगायतका कागजातहरू System मा Upload गर्न सकिनेजस्ता Features थप   २०७८ नागरिकतासम्बन्धी Centralized System निर्माण हुँदै       मिति विवरण कैफियत २००९/०१/२६ पहिलो नागरिकता ऐन जारी भई लागू   २०१९ नागरिकतासम्बन्धी विषयलाई प्रथमपटक संविधानमा समावेश नेपालको संविधान २०२०/११/१६ नेपाल नागरिकता ऐन, २०२० लागू   २०२५ नेपाल नागरिकता नियमावली, २०२५ लागू भई नागरिकताको ढाँचा अनुसूची मैँ निर्धारण   २०४६/०७/२३ भाग २ मा नागरिकतासम्बन्धी व्यवस्थासहित नयाँ संविधान जारी नेपाल अधिराज्यको संविधान २०४८ नागरिकता ऐन   २०४९ नागरिकता नियमावली   २०६३ भाग २ मा नागरिकतासम्बन्धी व्यवस्थासहित नयाँ संविधान जारी, २०४६ साल चैत्र मसान्तलाई आधार बर्ष मानी जन्मको आधारमा नागरिकता प्रदान गर्ने व्यवस्था नेपालको अन्तरिम संविधान २०६३/०८/१० नेपाल नागरिकता ऐन, २०६३ जारी भई लागू   २०६३ नेपाल नागरिकता नियमावली, २०६३ जारी भई लागू   २०६३ नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३   २०६६/०४/१९ राजपत्रमा नागरिकता नियमावलीमा रहेका अनुसूची हेरफेरसम्बन्धी सूचना प्रकाशन (अंग्रेजीमा विवरण समावेश गर्ने लगायत)   २०६३ पश्चात् जिल्ला प्रशासन कार्यालयहरूले विभिन्न सफ्टवेयरहरू निर्माण एवं प्रयोग गरी सञ्चालयमा ल्याईएको   २०६८ पहिलोपटक मन्त्रालयबाट नै CCDS (Citizenship Card Distribution System) सफ्टवेयर बनाई तीनवटा जिल्ला प्रशासन कार्यालयहरू ललितपुर, भक्तपुर र मुस्ताङमा कम्प्युटरमार्फत नागरिकता प्रमाणपत्र वितरण कार्यको थालनी   २०६८ CCDS मा थप सुधार गरी थप ५८ वटा जिल्ला प्रशासन कार्यालयहरूमा विस्तार तथा अन्य प्रणालीमा भएका डाटा समेत CCDS मा Migration   २०६९ Desktop Based CCDS मा रहेका समस्या समाधान गरी कम्प्युटरमार्फत नागरिकता प्रमाणपत्र वितरण गर्ने कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन Web-based Citizenship Information Management System (CIMS) निर्माण गरी सञ्चालनमा ल्याईएको । उक्त प्रणालीमा जिल्ला/इलाका/सीमा प्रशासन कार्यालयहरूमा Local रूपमा Server Set Up गरी मन्त्रालयमा रहेको Central Server मा Data Synchronize हुने व्यवस्था मिलाईएको ।   २०६६/०८/०१ नागरिकता प्रमाणपत्रमा अंग्रेजीमा समेत विवरण समावेश गर्ने व्यवस्था लागू,   २०६९/०९/१६ यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई लिङ्गको महलमा “अन्य” जनाई नागरिकता जारी गर्ने सम्बन्धि निर्देशिका, २०६९ स्वीकृत भई लागू   २०७० नागरिकता प्रमाणपत्र वितरण टोलीको कार्यसञ्चालन निर्देशिका जारी   २०७५ नागरिकता प्रमाणपत्रको डाटा हेर्नेमात्र पहुँच दिनेसम्बन्धी कार्यविधि जारी   २०७७ CIMS लाई Upgrade गरी कुनै एक जिल्लाबाट जारी भएको नागरिकता प्रमाणपत्रको गैर जिल्लाबाट प्रतिलिपी जारी गर्न सकिने, फोटो अनुसूची लगायतका कागजातहरू System मा Upload गर्न सकिनेजस्ता Features थप   २०७८ नागरिकतासम्बन्धी Centralized System निर्माण हुँदै  
साधारण राहदानी बनाउन के गर्ने?
साधारण विद्युतीय राहदानी बनाउने प्रक्रिया (क) साधारण विद्युतीय राहदानी बनाउनका सर्वप्रथम अनलाइन फाराम ( pre-enrolment form ) भर्नुहोस् । अनलाईन फाराम घरमै बसी कम्प्युटर वा मोबाइलबाट भर्न सकिन्छ । फाराम भर्दा सकभर आफैं भर्नुहोस् र सबै विवरण फरक नपर्ने गरी ठीकसँग भर्नुहोस् । मोबाइलबाट फाराम भर्न मोबाइल एपको प्रयोग गर्न सकिन्छ । फाराम भर्दा आफूलाई सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय, राहदानी विभाग वा विदेशमा भए सम्बन्धित दूतावास/कन्सुलेट लाई Enrolment Centre छनौट गरी आफूलाई उपयुक्त हुने मिति र समयमा Appointment तय गरी फाराम भर्नु पर्दछ । फाराम भर्दा दिइएको मार्गदर्शन अनुसार भरी फाराम बुझाउने ( Submit ) र उक्त फाराम बुझाएपछि तपाइँले बारकोड तथा QR कोड सहितको फारामको पूर्ण प्रति प्राप्त गर्नुहुनेछ । उक्त फाराम प्रिन्ट गरी निर्धारित समयमा दर्ता केन्द्रमा आउनुहोस् । प्रिन्ट गर्ने सुविधा नभएमा तपाइको मोबाइल फोनमा सुरक्षित गरी त्यसलाई लिएर आउँदा पनि हुन्छ । मोबाइलमा लिएर आउँदा सक्कल फाराम लिएर आउनु होला ( screenshot होइन ) । (ख) फाराम भरे पछि उक्त फाराम तथा अन्य आवश्यक कागजहरू सहित तपाइँले रोज्नु भएको दर्ता केन्द्रमा गई राहदानी आवेदन दर्ता गर्नु पर्दछ । राहदानी आवेदन दर्ता गर्न १. फाराम रुजू गर्ने → २. राजस्व भुक्तानी गर्ने , र→ ३. दर्ता गर्ने (फोटो खिच्ने र जैविक विवरण दिने) कार्य गर्नु पर्दछ । (ग) राहदानी तयार भएपछि उक्त कुरा ईमेल वा एसएमएस (SMS) बाट जानकारी गराइनेछ । जानकारी प्राप्त भए पछि आवश्यक कागजात लिई जुन ठाउँबाट आवेदन दिनुभएको हो सोही ठाउँमा गई राहदानी सङ्कलन गर्नुहोस् । ( विदेशस्थित नेपाली नियोगहरुको राहदानी delivery सम्बन्धी व्यवस्था हुलाकमार्फत् वा स्वयम् उपस्थित भई लिन सकिने व्यवस्था हुन सक्नेछ। ) (घ) नयाँ राहदानी लिँदा वा नवीकरण गर्दा वा अन्य जुनसुकै अवस्थामा राहदानी बनाउँदा पनि सोही प्रक्रिया अपनाउनु पर्दछ ।
राहदानीका लागि आवेदन कहाँ दिने
आवेदक नेपालमा भएमा अ. साधारण प्रक्रियाः यदी तपाईँ नेपालमा हुनुहुन्छ भने राहदानी लिनको लागि जुन जिल्ला वा इलाका प्रशासन कार्यालयबाट नागरिकता वा नाबालक परिचयपत्र जारी भएको हो, सोही कार्यालयमा आवेदन दिनु पर्दछ । जिल्ला/इलाका प्रशासन कार्यालयबाट आवेदन दिँदा सामान्यतः जिल्ला वा इलाका प्रशासन कार्यालयमा आवेदन दर्ता गरेको 10 देखि 30 दिन भित्रमा राहदानी प्राप्त हुन्छ । कति दिनमा राहदानी प्राप्त हुने भन्ने कुरा विभागबाट जिल्लासम्मको दूरी तथा यातायात सुविधा अनुसार फरक पर्दछ। आ. द्रुत सेवाः यदी तपाइँलाई तत्काल राहदानी आवश्यक परेको र पर्खन नसक्ने अवस्था छ भने राहदानी विभाग, त्रिपुरेश्वर, काठमाडौंमा आवेदन दिन सकिनेछ । विभागमा द्रुत सेवा उपलब्ध भएको र आवेदन दिँदा सामान्यतः आवेदन दिएको दुई कार्य दिनभित्र राहदानी प्राप्त हुन्छ र यसका लागि जिल्लाको दस्तुर भन्दा थप दस्तुर ( ३४ पृष्ठको लागि रु. थप ७,०००।- तथा ६६ पृष्ठको लागि रु. १०,०००।-) तिर्नुपर्ने हुन्छ । जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा नियमित सेवा मात्र उपलब्ध छ, द्रुत सेवा उपलब्ध छैन । साथै, विभागमा द्रुत सेवा मात्र उपलब्ध छ, नियमित सेवा उपलब्ध छैन। नेपालमा आवेदन दिँदा आवश्यक कागजातः नेपालबाट राहदानीका लागि आवेदन दिँदा निम्न कागजात आवश्यक पर्छन् । (१) फाराम भरे पश्चात् प्राप्त बारकोड तथा QR कोड सहितको फारामको प्रति (सकभर छापिएको र सो नभएमा डिजिटल) (२) नेपाली नागरिकता प्रमाणपत्र वा नाबालिग परिचयपत्रको सक्कल प्रति (३) हालको राहदानी सक्कल प्रति (Renew ko lagi मात्र) (४) राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्रको नम्बर (५) दस्तुर बुझाएको बैक भौचर वा नगदी रसिद नाबालिगहरूका लागि राहदानी विभागबाट आवेदन दिँदा सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयबाट नाबालिग परिचयपत्र प्रमाणीकरण समेत ल्याउनु पर्ने छ । also citizenship of parents/guardian ६) आवश्यकता अनुसार थप कागजात आवेदक विदेशमा भएमा यदी तपाईं विदेशमा हुनुहुन्छ भने राहदानी लिनको लागि आफू बसोबास गर्ने मुलुक स्थित नेपाली नियोग वा उक्त मुलुकमा नेपाली नियोग नभएमा सो मुलुक हेर्ने जिम्मेवारी तोकिएको नेपाली नियोगमा राहदानी आवेदन फाराम पेस गर्नु पर्दछ । नियोगबाट आवेदन दिँदा सामान्यतः आवेदन दर्ता गरेको 1५ देखि 3० दिन भित्रमा राहदानी प्राप्त हुन्छ । कति दिनमा राहदानी प्राप्त हुने भन्ने कुरा नियोग अनुसार फरक पर्ने भएकोले सम्बन्धित नियोगबाट यकिन जानकारी लिनु होला । विदेश स्थित नियोगमा आवेदन दिँदा लाग्ने दस्तुर र अपनाउनु पर्ने प्रक्रिया विभिन्न मुलुकहरुमा रहेका नेपाली नियोगमा केही फरक पर्न सक्ने भएकोले राहदानी आवेदन पेस गर्ने बारेमा सम्बन्धित नियोगबाट जानकारी लिन उपयुक्त हुन्छ । विदेशमा आवेदन दिँदा आवश्यक कागजातः विदेशबाट राहदानीका लागि आवेदन दिँदा निम्न कागजात आवश्यक पर्छन् । (१) फाराम भरे पश्चात् प्राप्त बारकोड तथा QR कोड सहितको फारामको प्रति (सकभर छापिएको र सो नभएमा डिजिटल) (२) नेपाली नागरिकता वा नाबालिग परिचयपत्रको सक्कल प्रति (३) हालको राहदानी (सक्कल प्रति) (४) दस्तुर बुझाएको बैक भौचर वा नगदी रसिद (५) आवश्यकता अनुसार थप कागजात विदेशमा जन्मिएका नेपाली आमा-बाबुका सन्तानको पहिलो पटक राहदानीका लागि आवेदन दिने विशेष व्यवस्थाः जन्म दर्ता वा अस्थायी नम्बर लिनु पर्नेः नेपाली आमा-बाबुबाट विदेशमा जन्मेका सन्तानको हकमा नाबालिग परिचयपत्र नहुने भएकोले दूतावासले जन्म दर्ताको प्रमाणपत्र वा अस्थायी दर्ता नम्बर प्रदान गर्दछ, जुन नम्बर नागरिकता भएको महलमा भर्नु पर्दछ । जसका लागि निम्न अनुसारका थप कागजातहरू आवश्यक पर्छन् । (अ) आमा बाबु दुवै जनाको नागरिकताको प्रतिलिपि, (आ) आमा बाबु दुबैजानाको राहदानीको प्रतिलिपि, (इ) आमा बाबुको विवाह दर्ताको प्रमाणपत्र, (ई) नाबालकको जन्म दर्ताको सक्कल प्रति, (उ) नाबालकको हालै खिचेको पासपोर्ट आकारको फोटो २ प्रति माथि उल्लिखित कागजात सहित दूतावासमा आवेदन दिए पछि दूतावासले जन्म दर्ता वा अस्थायी नम्बर उपलब्ध गराउनेछ । नाबालिगको राहदानीको आवेदन फाराम नागरिकता नम्बरको ठाउँमा दूतावासले उपलब्ध गराएको दर्ता नम्बर उल्लेख गर्नु पर्नेछ। साथै यसरी एक पटक नाबालिगका नाममा राहदानी जारी गरे पश्चात् अर्को पटक राहदानी जारी गर्नका लागि नाबालिग परिचयपत्र अनिवार्य हुने भएकोले यसरी राहदानी बनाए पछि अनिवार्य रूपमा नेपालको सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयबाट नाबालिग परिचयपत्र बनाउनु पर्दछ । राहदानी बनाउन थप कागजातः (क) नागरिकतामा रहेको जन्म मिति भन्दा शैक्षिक योग्यतामा भएको जन्म मिति फरक परेमा र शैक्षिक योग्यता अनुसारको जन्म मिति कायम गरी राहदानी लिनु पर्ने भएमा एसएलसी/एसईई वा सो सरह वा सो भन्दा माथिल्लो तहको शैक्षिक योग्यताको प्रमाणपत्र। (ख) नागरिकतामा रहेको जन्म मिति भन्दा भारतीय वा ब्रिटिस वा सिङ्गापुर पेन्सन पट्टाको जन्म मिति फरक परेमा र पेन्सन पट्टा अनुसारको जन्म मिति कायम गरी राहदानी लिनु पर्ने भएमा भारतीय वा ब्रिटिस वा सिङ्गापुर पेन्सनपट्टा (Discharge Certificate) प्रमाणपत्र। (ग) विवाहित महिलाले नागरिकतामा रहेको थरको अतिरिक्त पतिको थर कायम गरी राहदानी बनाउनु पर्ने भएमा विवाह दर्ताको प्रमाणपत्र र पतिको नागरिकताको प्रमाणपत्र, (घ) पारपाचुके गरेका महिलाहरूले नागरिकतामा उल्लेख गरिएको थर मात्र कायम गरी राहदानी लिन चाहेमा पारपाचुके प्रमाणपत्र ।
राहदानी बनाउनका लागि आवश्यक कागजात
नेपालमा आवेदन दिँदा आवश्यक कागजात नेपालमा आवेदन दिँदा आवश्यक कागजातः नेपालबाट राहदानीका लागि आवेदन दिँदा निम्न कागजात आवश्यक पर्छन् । (१) फाराम भरे पश्चात् प्राप्त बारकोड तथा QR कोड सहितको फारामको प्रति (सकभर छापिएको र सो नभएमा डिजिटल) (२) नेपाली नागरिकता प्रमाणपत्र वा नाबालक परिचयपत्रको सक्कल प्रति नाबालकहरुका लागि राहदानी विभागबाट पहिलोपटक आवेदन दिँदा सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयबाट नाबालक परिचयपत्र प्रमाणीकरण समेत ल्याउनु पर्नेछ । (३) हालको राहदानी सक्कल प्रति (भएमा मात्र) (४) राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्रको नम्बर (५) दस्तुर बुझाएको बैंक भौचर वा नगदी रसिद (६) आवश्यकता अनुसार थप कागजात राहदानी बनाउन थप कागजातः १. नागरिकतामा रहेको जन्म मिति भन्दा शैक्षिक योग्यतामा भएको जन्म मिति फरक परेमा र शैक्षिक योग्यता अनुसारको जन्म मिति कायम गरी राहदानी लिनु पर्ने भएमा एसएलसी/एसईई वा सो सरह वा सो भन्दा माथिल्लो तहको शैक्षिक योग्यताको प्रमाणपत्र। २. नागरिकतामा रहेको जन्म मिति भन्दा भारतीय वा ब्रिटिस वा सिङ्गापुर पेन्सन पट्टाको जन्म मिति फरक परेमा र पेन्सन पट्टा अनुसारको जन्म मिति कायम गरी राहदानी लिनु पर्ने भएमा भारतीय वा ब्रिटिस वा सिङ्गापुर पेन्सनपट्टा (Discharge Certificate) प्रमाणपत्र। ३. विवाहित महिलाले नागरिकतामा रहेको थरको अतिरिक्त पतिको थर कायम गरी राहदानी बनाउनु पर्ने भएमा विवाह दर्ताको प्रमाणपत्र र पतिको नागरिकताको प्रमाणपत्र, ४. पारपाचुके गरेका महिलाहरूले नागरिकतामा उल्लेख गरिएको थर मात्र कायम गरी राहदानी लिन चाहेमा पारपाचुके प्रमाणपत्र । विदेशमा आवेदन दिँदा आवश्यक कागजात विदेशमा आवेदन दिँदा आवश्यक कागजातः विदेशबाट राहदानीका लागि आवेदन दिँदा निम्न कागजात आवश्यक पर्छन् । (१) फाराम भरे पश्चात् प्राप्त बारकोड तथा QR कोड सहितको फारामको प्रति (सकभर छापिएको र सो नभएमा डिजिटल) (२) नेपाली नागरिकता वा नाबालक परिचयपत्रको सक्कल प्रति (३) हालको राहदानी (सक्कल प्रति) (४) दस्तुर बुझाएको बैंक भौचर वा नगदी रसिद (५) आवश्यकता अनुसार थप कागजात विदेशमा जन्मिएका नेपाली आमा-बाबुका सन्तानको पहिलो पटक राहदानीका लागि आवेदन दिने विशेष व्यवस्थाः जन्म दर्ता वा अस्थायी नम्बर लिनु पर्नेः नेपाली आमा-बाबुबाट विदेशमा जन्मेका सन्तानको हकमा नाबालिग परिचयपत्र नहुने भएकोले दूतावासले जन्म दर्ताको प्रमाणपत्र वा अस्थायी दर्ता नम्बर प्रदान गर्दछ, जुन नम्बर नागरिकता भएको महलमा भर्नु पर्दछ । जसका लागि निम्न अनुसारका थप कागजातहरू आवश्यक पर्छन् । (अ) आमा बाबु दुवै जनाको नागरिकताको प्रतिलिपि, (आ) आमा बाबु दुबैजानाको राहदानीको प्रतिलिपि, (इ) आमा बाबुको विवाह दर्ताको प्रमाणपत्र, (ई) नाबालकको जन्म दर्ताको सक्कल प्रति, (उ) नाबालकको हालै खिचेको पासपोर्ट आकारको फोटो २ प्रति माथि उल्लिखित कागजात सहित दूतावासमा आवेदन दिए पछि दूतावासले जन्म दर्ता वा अस्थायी नम्बर उपलब्ध गराउनेछ । नाबालिगको राहदानीको आवेदन फाराम नागरिकता नम्बरको ठाउँमा दूतावासले उपलब्ध गराएको दर्ता नम्बर उल्लेख गर्नु पर्नेछ। साथै यसरी एक पटक नाबालिगका नाममा राहदानी जारी गरे पश्चात् अर्को पटक राहदानी जारी गर्नका लागि नाबालिग परिचयपत्र अनिवार्य हुने भएकोले यसरी राहदानी बनाए पछि अनिवार्य रूपमा नेपालको सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयबाट नाबालिग परिचयपत्र बनाउनु पर्दछ । राहदानी बनाउन थप कागजातः १. नागरिकतामा रहेको जन्म मिति भन्दा शैक्षिक योग्यतामा भएको जन्म मिति फरक परेमा र शैक्षिक योग्यता अनुसारको जन्म मिति कायम गरी राहदानी लिनु पर्ने भएमा एसएलसी/एसईई वा सो सरह वा सो भन्दा माथिल्लो तहको शैक्षिक योग्यताको प्रमाणपत्र। २. नागरिकतामा रहेको जन्म मिति भन्दा भारतीय वा ब्रिटिस वा सिङ्गापुर पेन्सन पट्टाको जन्म मिति फरक परेमा र पेन्सन पट्टा अनुसारको जन्म मिति कायम गरी राहदानी लिनु पर्ने भएमा भारतीय वा ब्रिटिस वा सिङ्गापुर पेन्सनपट्टा (Discharge Certificate) प्रमाणपत्र। ३. विवाहित महिलाले नागरिकतामा रहेको थरको अतिरिक्त पतिको थर कायम गरी राहदानी बनाउनु पर्ने भएमा विवाह दर्ताको प्रमाणपत्र र पतिको नागरिकताको प्रमाणपत्र, ४. पारपाचुके गरेका महिलाहरूले नागरिकतामा उल्लेख गरिएको थर मात्र कायम गरी राहदानी लिन चाहेमा पारपाचुके प्रमाणपत्र ।
राहदानीका लागि लाग्ने दस्तुर
राहदानी दस्तुर (राहदानी विभाग) नं. प्रकार पृष्ठ दस्तुर पृष्ठ दस्तुर १ नयाँ (New) / नविकरण (Renew) ३४ रू. १२,०००/- ६६ रू. २०,०००/- २ नयाँ (New) / नविकरण (Renew) (१० वर्ष भन्दा कम उमेरका नाबालक) ३४ रू. ९,५००/- ६६ रू. १४,५००/- ३ हराएको (Lost) वा पाना च्यातिएको, केस्मेट भएको वा अन्य कुनै कारणले राहदानी बुकेको प्रयोग हुन नसक्ने भएको (Damaged) ३४ रू. १७,०००/- ६६ रू. २५,०००/- ४ Lost/Damaged (१० वर्ष भन्दा कम उमेरका नाबालक) ३४ रू. १४,५००/- ६६ रू. १९,५००/- ५ कार्यालयको गल्ती (Official Error) ३४ निःशुल्क ६६ निःशुल्क
राहदानी आवेदन भर्ने तरिका
विद्युतीय राहदानीको अनलाइन अग्रिम दर्ता (Pre-enrollment) फाराम भर्न निम्न प्रक्रिया अपनाउनु पर्छ,- (क) राहदानीका लागि सर्वप्रथम अनलाइनबाट फाराम भरी निर्धारित तरिका अनुसार मिति र समय बुक गर्नु पर्दछ । फाराम भर्नका लागि यहाँ क्लिक गर्नु होस । (ख) तत्पश्चात् चारवटा विकल्पहरू (a) पहिलो पटक राहदानी लिन ( New ) (b) म्याद सकिएको राहदानी नवीकरण गर्न ( Renewal ) (c) हराएको/चोरिएको राहदानीको सट्टमा राहदानी लिन ( Replacement-Lost/Stolen ) (d) बिग्रेको राहदानीको सट्टामा ( Damaged ) देखिने छन् । सो विकल्प मध्ये कुन चाहिने हो एउटा विकल्पको छनौट गर्नु पर्नेछ । जस्तैः यस अघि यन्त्र बाचक राहदानी(एमआरपी) वा विद्युतीय राहदानी लिई सकेको भएमा नवीकरण र नलिएको भए “ पहिलो पटक राहदानी लिन ” भन्ने छान्नुहोस् । साथै  पहिला हस्तलिखित राहदानी मात्र लिएको भएमा पनि पहिलो पटक राहदानी लिन भन्ने विकल्प छान्नु पर्नेछ । (क) कार्यालयको त्रुटि भई पुनः राहदानी बनाउनुपर्ने भएमा उक्त त्रुटि भएको राहदानी भर्दा जे गरिएको थियो सोही अनुसार गर्ने । (ख) आवेदकको त्रुटि भई पुनः राहदानी बनाउनुपर्ने भएमा नवीकरण भन्ने छनौट गर्ने । (ग) नेपाली सेना, नेपाल प्रहरी लगायतका निकायमा कार्यरत रही शान्ति मिशनमा जानको लागि ग्राटिश सुविधामा यन्त्र वाचक राहदानी  प्राप्त गरेका तर हाल सो राहदानी आफ्नो साथमा नभएका आवेदकले राहदानी नम्बर आवेदन फाराममा उल्लेख गरी म्याद  सकिएको  राहदानी नवीकरण गर्न ( Renewal ) भन्ने विकल्प छान्नु पर्नेछ । (घ)अफिसियल र कूटनीतिक राहदानी लिएकाले साधारण राहदानी बनाउँदा आफ्नो अफिसियल र कूटनीतिक राहदानीको नम्बर उल्लेख गर्नु नपर्ने भएकोले त्यसलाई बेवास्ता ( Ignore ) गरी उपयुक्त विकल्प छान्नु पर्ने छ । (ग) तत्पश्चात् ३४ वा ६६ कति पेजको राहदानीका लागि आवेदन गर्ने हो सो को छनौट गरी Proceed button थिच्ने । (घ) त्यस पछि कुन स्थानबाट आवेदन दिने हो सो को छनौट गर्नु होस । विदेश उल्लेख गर्दा Other भन्ने विकल्प छानी आफू जन्मिएको देश छनौट गर्नुहोस् । आवेदन फाराममा चरण बद्ध रूपमा सबै विवरणहरू भर्ने र तोकिएका कागजात समेत अपलोड गर्ने । नोटः कागजात अपलोड गर्दा सक्कल कागजात स्क्यान गरी 3 00 kb वा सो भन्दा कम आकारको बनाइ फाराम भर्नु अगाडी तयार गर्नु होला । फाराम भर्दा आवश्यक कागजातको लागि यहाँ क्लिक गर्नु होस । (ङ) सम्पूर्ण फाराम भरिसकेपछि भरिएको सबै विवरण आफूले चाहे वा पेश हुने कागजातबमोजिम भए नभएको रुजू गरी त्यसलाई सुरक्षित (Save) गर्ने र अनलाइन पेस गर्ने । (च) फाराम बुझाई सके पछि Download PDF भन्ने विकल्प आउने छ, उक्त फाराम डाउनलोड गर्नुहोस् । Download फारामको डिजिटल प्रति आफूसँग सुरक्षित राख्नुहोस् । उक्त फाराम प्रिन्ट गरी निर्धारित समयमा दर्ता केन्द्रमा जानुहोस् । प्रिन्ट गर्ने सुविधा नभएमा तपाइको मोवाइल फोनमा सुरक्षित गरी त्यसलाई लिएर जाँदा पनि हुन्छ । मोवाइलमा लिएर आउँदा सक्कल फाराम लिएर आउनु होला ( screenshot होइन ) । -पुनश्चः राहदानी आवेदनमा त्रुटि भएमा पुनः शुल्क तिरी नयाँ राहदानी आवेदन दिनु पर्ने भएकोले  राहदानी आवेदनमा विवरण भर्दा होसियारी पूर्वक सही सूचना भर्नु होस । सकभर आफै भर्नुहोस् र अरूले सहयोग गरेका छन् भने विवरण आफै रुजू गर्न नभुल्नू होला । - साथैः एक पटक फाराम बुझाए पछि तपाइँलाई कुनै त्रुटि भएको थाहा भयो भने फोटो खिच्ने समयमा अनुरोध गरी सच्याउन सकिन्छ । विवरण सच्याए पछि फाराममा दस्तखत गर्नु अघि राम्रोसँग रुजू गर्नु होला । तर फोटो खिचेर फारामलाई अन्तिम स्वीकृति दिए पछि भने सच्याउन सकिने छैन । त्यस पछि त्रुटि भएको थाहा भयो भने राहदानी रद्द गरी सबै प्रक्रिया पुनः सुरुबाटै गर्नु पर्ने हुन्छ । राहदानी आवेदन फाराम भर्दा निम्न अनुसार विवरण उल्लेख गर्नुहोसः (१)  Surname/थर: आवेदकको नेपाली नागरिकता प्रमाणपत्र/नाबालिग परिचयपत्र अनुसारको थर (जस्तै थापा, यादव, आलम आदि) - यदी एक भन्दा बढी थर (जस्तै पौडेल क्षेत्री, खड्का परियार ) भएमा सबै थर लेख्नु होस । - थरको बीचमा बिन्दु(.) भएमा बिन्दु बाहेकको थर लेख्नु होस (जस्तै जी.सी भएमा GC वा Gici ) - थर छैन भने नाम जे छ सोही लेख्नु होस । (२) Given name/नामः नामको पहिलो र बीचको नाम अर्थात् थर बाहेकको सबै नाम लेख्ने । - याद गर्नुहोस् नाम/थर उल्लेख गर्दा अक्षर बाहेक अरू उल्लेख गर्न सकिने छैन । साथैः नाम बाहेक अन्य चिनारी (जस्तै Dr. , Mr. , Ms ) उल्लेख गर्नु हुँदैन । (३) Place of Birth/जन्मस्थान: आवेदकको नागरिकता/नाबालिग परिचयपत्रमा उल्लिखित जन्मस्थान भर्ने । नेपालमा जन्मिएका निवेदकले जिल्लाको नाम र विदेशमा जन्मिएका निवेदकले आफू जन्मिएको देशको नाम भर्ने । विदेश उल्लेख गर्दा Other भन्ने विकल्प छानी आफू जन्मिएको देश छनौट गर्नुहोस् । (४)  Nationality/राष्ट्रियताः NEPALI भर्नुपर्ने । यात्रा अनुमतिपत्रको हकमा राष्ट्रियता फरक भएमा सोही अनुसार भर्नुपर्ने । (५)  Date of Birth/जन्म मितिः 5A A.D.:- यस खण्डमा नागरिकता/नाबालिग परिचयपत्र अनुसारको जन्म मितिलाई रूपान्तरण गरी इश्वी संवत्मा लेख्ने । नागरिकतामा वर्ष मात्र उल्लेख गरिएको रहेछ भने राष्ट्रिय परिचय पत्र अनुसारको जन्म मिति वा वर्ष फरक नपर्ने गरी हालको राहदानीमा उल्लिखित जन्म मिति लेख्ने । 5B B.S. :- यस खण्डमा नागरिकता/नाबालिग परिचयपत्र अनुसारको जन्म मिति लेख्ने । याद गर्नुहोस् यस अघि जारी राहदानीमा त्रुटि हुन गएको रहेछ भने त्यसलाई सच्चाइ लेख्नु होस् । (६) Sex/ लिङ्गः- निवेदकको नागरिकताको प्रमाणपत्रमा उल्लेख भए अनुसार पुरुषले M म हिलाले F तथा अन्य ले x भर्नु पर्दछ । (७)  Citizenship or Permit No./नागरिकता वा अनुमति नं. : यसमा आवेदकको नेपाली नागरिकताको प्रमाणपत्र वा नाबालिग परिचयपत्रको नम्बर भर्नु पर्नेछ । यस अघि जारी राहदानीमा नागरिकता नम्बर त्रुटि हुन गएको रहेछ भने त्यसलाई सच्चाइ लेख्ने । नागरिकताको वा नाबालिग परिचयपत्रको नम्बर उल्लेख गर्दा यदी दिएको अङ्क अटेन भने जति वटा अङ्क नअट्ने बायाँ तर्फका त्यति वटा अङ्क हटाउनु पर्दछ । अर्थात् यस खण्डमा १४ अङ्क मात्र अटाउने भएकोले दायाँबाट क्रमशः हुने १४ वटा अङ्कलाई उल्लेख गर्नु पर्ने छ । उदाहरणका लागि ०७२-३१२-१३७९२/४३२७९६ नम्बरको नेपाली नागरिकता वा नाबालक परिचयपत्र भएको निवेदकले जम्मा १४ वटा मात्र नम्बर अट्न सक्ने खाली कोठा भएको भागमा ३१२१३७९२४३२७९६ मात्र भर्नु पर्नेछ । (८) Date of Issue/जारी मितिः नागरिकता/नाबालिग परिचयपत्र जारी भएको मिति विक्रम संवतमा उल्लेख गर्ने । प्रतिलिपि नागरिकता लिएको भए उक्त नागरिकतामा उल्लेखित जारी मिति अर्थात् सुरुमा नागरिकता जारी गरेको मिति उल्लेख गर्नुपर्ने छ । (९) Place of Issue/जारी भएको स्थानः नागरिकता प्रमाणपत्र/नाबालिग परिचयपत्र जारी भएको जिल्लाको नाम लेख्नु पर्ने । सुरु नागरिकता लिएको बाहेक अन्य जिल्लाबाट प्रतिलिपि नागरिकता लिएको भएमा पनि सुरुमा जुन जिल्लाबाट नागरिकता जारी गरेको हो सोही स्थान उल्लेख गर्नुपर्ने छ । विदेशमा जन्मिएका नेपाली बाबुआमाका नवजात सन्तानको नाबालिग परिचयपत्र नबनाएको भएमा दूतावासबाट उपलब्ध जन्म दर्ता वा अस्थायी  नम्बर, मिति तथा नेपाली कूटनीतिक नियोग रहेको सहरको नाम उल्लेख गर्नु पर्दछ । (१०) National Identity No/राष्ट्रिय परिचयपत्र नम्बरः राष्ट्रिय परिचयपत्र नम्बर उल्लेख गर्ने । (११) Latest Passport or Travel Document No./पछिल्लो राहदानी वा यात्रा अनुमतिपत्र नं. :- पहिले राहदानी वा यात्रा अनुमतिपत्र लिएको भए सो को नम्बर लेख्ने । पहिले एक भन्दा बढी राहदानी/यात्रा अनुमतिपत्र लिएको भएमा पछिल्लो राहदानी/यात्रा अनुमतिपत्रको नम्बर उल्लेख गर्नुपर्ने छ । तर हस्त लिखित राहदानी मात्र छ भने सो को नम्बर लेख्नु पर्दैन । (क) Date of Issue A.D./जारी भएको मिति ई. सं. :- पछिल्लो राहदानी वा यात्रा अनुमतिपत्र जारी भएको मिति । (ख) Place of Issue A.D./जारी भएको स्थान :- पछिल्लो राहदानी जारी स्थान लेख्ने । जिल्ला प्रशासन कार्यालयबाट जारी भएकोमा जिल्लाको नाम, ईलाका प्रशासन कार्यालयबाट जारी भएको भए इलाकाको नाम, राहदानी विभागबाट जारी भएको भए राहदानी विभाग तथा विदेश स्थित नियोगबाट जारी भएको भए नियोग रहेको स्थान उल्लेख गर्ने । (१२)  Address/ठेगानाः निवेदकको नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रमा उल्लेख भएको वा बसाइ सराइ गरेको भएमा सोही अनुसारको नेपालको ठेगाना उल्लेख गर्ने । बसाइँ सराइ गरी ठेगाना परिवर्तन भएकोमा बसाइँ सराइको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नु पर्ने छ । विवाहित महिलाको हालको ठेगाना कायम गर्दा विवाहदर्ता पेस गर्नु पर्ने छ । ठेगाना अन्तर्गतका उप-खण्डहरू ( 12A ., 12B. , 12C ., 12D ., 12E . र 12F. )  भर्दा  माथि उल्लेख भए अनुसार प्रदेश, जिल्ला, पालिका,  वडा  नम्बर,  टोल  वा गाउँको  नाम र घर नम्बर वा ब्लक नम्बर भएमा सो समेत क्रमै सँग लेख्नु पर्नेछ । तर घर नम्बर वा ब्लक नम्बर नभएमा उक्त स्थान खाली छाड्न सकिनेछ । (१३) Email/इमेल: आवेदकको इमेल ठेगाना उल्लेख गर्नुपर्ने । राहदानी तयार भएको वा अस्वीकृत भएको जानकारी इमेल मार्फत गराइने भएकोले उपलब्ध भएसम्म आफ्नो इमेल लेख्नु होला । (१४)    Phone No./फोन नं.: आवेदकको फोन नं. उल्लेख गर्ने । आवेदक विदेशमा भएमा उक्त स्थानमा आवेदकको फोन उल्लेख गर्न सकिने छ तर यसमा Country Code राख्न भने मिल्दैन । विकल्पका रूपमा परिवारका अन्य सदस्य वा नजिकका व्यक्तिको फोन नम्बर राख्न सकिने छ । यो फोनमा राहदानी तयार भएको वा अस्वीकृत भएको जानकारी गराइने छ । (१५)    Father’s Full name/बाबुको नाम, थरः- नेपाली नागरिकता प्रमाणपत्रमा उल्लेख भए अनुसारको आफ्नो बाबुको पूरा नाम, थर उल्लेख गर्ने । (१६)    Mother's Full name/ आमाको नाम, थरः- नेपाली नागरिकता प्रमाणपत्रमा उल्लेख भए अनुसारको आफ्नो आमाको पूरा नाम, थर उल्लेख गर्ने । (१७)    Contact details in case of Emergency/जरुरी परेमा सम्पर्क गर्ने विवरणः- (आफू विदेशमा रहेको अवस्थामा कुनै अप्ठेरो परेको तर आफूले खबर गर्न नसकिने अवस्था ( जस्तै दुर्घटनामा परी बेहोस भएको ) मा राहदानीमा भएको जानकारी लिई आफन्त( जस्तै श्रीमान्/श्रीमती, आमा/बाबु ) लाई खबर गर्न सकियोस् भन्ने उद्देश्यले यो विवरण राख्नु पर्दछ । यसमा सकभर नेपालमा रहने आफन्तको विवरण राख्नु उपयुक्त हुन्छ ।) (क) Full Name/नाम, थरः खबर गर्ने व्यक्तिको पुरा नाम थर । (ख) ठेगाना अन्तर्गतका उप-खण्डहरू (17C., 17D., 17E., 17F., 17G. र 17H.) भर्दा माथि उल्लेख भए अनुसार प्रदेश, जिल्ला, पालिका,  वडा  नम्बर,  टोल  वा  गाउँको  नाम र घर नम्बर वा ब्लक नम्बर भएमा सो समेत क्रमै सँग लेख्नु पर्नेछ । तर घर नम्बर वा ब्लक नम्बर नभएमा उक्त स्थान खाली छाड्न सकिनेछ । (१८)    Email/इमेल: जरुरी परेमा सम्पर्क गर्ने व्यक्तिको इमेल उल्लेख गर्नुपर्ने । (१९)    Phone No./फोन नं.: जरुरी परेमा सम्पर्क गर्ने व्यक्तिको फोन नं. उल्लेख गर्ने ।
बारम्बार सोधिने प्रश्नहरू
बारम्बार सोधिने प्रश्नहरू
राहदानी बनाउन कति समय लाग्छ?
राहदानी बनाउने समय राहदानी आवेदन केन्द्र अनुसार फरक फरक हुन्छ। सामान्यतः क)   राहदानी विभागमा आवेदन दिँदाः २ कार्य दिन भित्र। ख)   जिल्ला/इलाका प्रशासन कार्यालयमा आवेदन दिँदा १५ दिन देखी ४५ दिन लाग्छ। ग)    विदेशस्थित नेपाली नियोगमा आवेदन दिँदा १५ दिन देखी २ महिना सम्म लाग्छ। थप जानकारीका लागि सम्बन्धित आवेदन ( [email protected] ) केन्द्रमा बुझ्न सकिनेछ । विदेशमा तुरुन्त राहदानी जरुरी परेमा आफन्त मार्फत नेपालबाट राहदानी बनाउन सकिन्छ? सकिँदैन। यदी विदेशमा रहेको बखत तुरुन्त राहदानी आवश्यक भएमा सम्बन्धित नियोगबाट अस्थायी राहदानी लिने वा नेपालमा आई राहदानी बनाउन सकिन्छ । नेपाल आउनका लागि राहदानी नभएमा यात्रा अनुमतिपत्र लिन सकिन्छ ।
राहदानी हराए के गर्ने?
राहदानी हराएमा यसको दुरुपयोग रोक्नका लागि नजिकको आवेदन केन्द्रमा आफ्नो परिचय सहित राहदानी रद्द गर्नका लागि आवेदन दिनु पर्दछ ।  हराएको राहदानीको सट्टा नयाँ राहदानी बनाउँदा पुनः आवेदन दिनु पर्दछ र नयाँ सरह सम्पूर्ण प्रक्रिया अपनाउनु पर्दछ । हराएको राहदानीको सट्टा नयाँ राहदानी बनाइ सकेपछि पुरानो राहदानी भेटियो, के गर्ने? हराएको राहदानी भेटिएमा तुरुन्तै दर्ता केन्द्रमा सम्पर्क गरी भेटिएको राहदानी रद्द गराउनु पर्दछ। हराएको राहदानीको जानकारी Interpol मार्फत् विदेशमा समेत पठाइने भएकोले त्यस्तो राहदानी प्रयोग गर्न मिल्दैन । हराएको राहदानी लिई यात्रा गरेमा सम्बन्धित मुलुकको अध्यागमन नियम अनुसार कारबाही हुन सक्छ । MRP राहदानीको म्याद बाँकी छ भने ePassport अनिवार्य छ? छैन। यन्त्रबाचक राहदानी (MRP) को म्याद बहाल रहँदासम्म विद्युतीय राहदानी (ePassport) बनाउनु आवश्यक छैन। MRP को म्याद बहाल रहदाँसम्म सोही राहदानी प्रयोग गरी विदेश भ्रमण गर्न सकिन्छ। तथापी, राहदानीको बहाल अवधि एक वर्ष भन्दा कम बाँकी रहेको अवस्थामा नयाँ राहदानीका लागि आवेदन गर्न सकिनेछ। साथै, राहदानी हराई वा च्यातिर्इ, जली वा अन्य कारणले राहदानीमा क्षति पुगेमा, विवरणमा त्रुटि भई प्रयोग गर्न नमिल्ने भएमा वा पाना भरिएमा भने नयाँ राहदानी बनाउन सकिन्छ। राहदानीमा खबर गर्ने व्यक्तिको नाम बदल्न सकिन्छ तयार राहदानीमा खबर गर्ने व्यक्तिको नाममा त्रुटि भयो वा उक्त राहदानीमा रहेको खबर गर्ने व्यक्तिको नाम परिवर्तन गर्नुपर्ने भयो भने नयाँ राहदानी लिँदा अपनाउनुपर्ने सम्पूर्ण प्रक्रियाहरू पूरा गर्नुपर्दछ।
फोटो खिच्दा गहना लगाउन मिल्छ?
सामान्यतः सधैँ लगाउने र साना आकारका गहना (जस्तैः नाकमा लगाउने सानो फुली) लगाउन सकिन्छ। तर यस्तो गहना फोटो खिच्दा टल्कनु हुँदैन र गहनाले मुहारमा प्रमुख भाग (जस्तै आँखा, मुख, आँखीभौँ, आदि) छोपिनु हुँदैन । साथै, पार्टीमा लगाउने जस्तो गहना फोटो खिच्दा फुकाल्नु पर्दछ। फोटो खिच्दा शृङ्गार (Makeup) वा टीका लगाउन मिल्छ? फोटो खिच्दा सकभर श्रृङ्गार नगर्नु राम्रो हुन्छ । तर मुखाकृतिमा कुनै फरक नपर्ने किसिमका नियमित गरिने श्रृङ्गार भने लगाउन सकिन्छ । टीका सम्बन्धमा कुनै स्पष्ट मापदण्ड नभएको भएतापनि फोटो खिच्दा टीका नलगाएको राम्रो हुन्छ । घाँटी वा सो भन्दा माथि अनुहारमा स्थायी Tattoo वा कुनै दाग छ के गर्ने? घाँटी वा सो भन्दा माथि स्थायी प्रकृतिको ट्याटु वा कुनै दाग छ भने केही गर्नु पर्दैन । तर कुनै चोट पटक लागि वा अन्य कारणले कुनै दाग छ भने सो दाग हटे पछि राहदानी बनाउँदा उचित हुन्छ । यदि तुरुन्त राहदानी चाहिएको छ र अस्थायी प्रकारको चोटपटक वा दाग हटाउन सकिँदैन भने हाललाई राहदानी बनाई चोटपटक वा दाग निको भए पछि नयाँ राहदानी बनाउनु उपयुक्त हुन्छ। अन्यथा, यात्रा गर्ने क्रममा कठिनाई आउन सक्दछ ।
घाँटी वा सो भन्दा माथि अनुहारमा स्थायी Tattoo वा कुनै दाग छ के गर्ने?
घाँटी वा सो भन्दा माथि स्थायी प्रकृतिको ट्याटु वा कुनै दाग छ भने केही गर्नु पर्दैन । तर कुनै चोट पटक लागि वा अन्य कारणले कुनै दाग छ भने सो दाग हटे पछि राहदानी बनाउँदा उचित हुन्छ । यदि तुरुन्त राहदानी चाहिएको छ र अस्थायी प्रकारको चोटपटक वा दाग हटाउन सकिँदैन भने हाललाई राहदानी बनाई चोटपटक वा दाग निको भए पछि नयाँ राहदानी बनाउनु उपयुक्त हुन्छ। अन्यथा, यात्रा गर्ने क्रममा कठिनाई आउन सक्दछ । मेरो राहदानी बने नबनेको थाहा पाउन के गर्ने? राहदानी बने नबनेको थाहा पाउन Google Play Store वा Apple को App Store बाट Nepal ePassport डाउनलोड गरी त्यसमा दिएको तरिका अनुसार आफै हेर्न सकिने व्यवस्था गरिएको छ । त्यसैले राहदानी प्रक्रिया के भयो भनी कार्यालयबाट जानकारी गराउन सकिने छैन । साथै, तपाइँको फाराम कुनै कारण बस अस्वीकृत भएमा त्यसको खबर तपाइँले उपलब्ध गराएको मोबाइल म्यासेज तथा ई-मेलमा प्राप्त हुन्छ । अस्वीकृत भएको जानकारी भएमा सम्बन्धित दर्ता केन्द्रमा सम्पर्क गर्नुहोला, दर्ता केन्द्रबाट आवश्यक कागजातसहित  पुनः पेस गर्नु पर्दछ । यसरी पुनः पेस गर्दा सामान्यतः पुनः फोटो खिच्नु नपर्ने भएकोले आफू उपस्थित नभए पनि आवेदन प्रक्रिया बढाउन सकिन्छ ।
मेरो राहदानी बने नबनेको थाहा पाउन के गर्ने?
राहदानी बने नबनेको थाहा पाउन Google Play Store वा Apple को App Store बाट Nepal ePassport डाउनलोड गरी त्यसमा दिएको तरिका अनुसार आफै हेर्न सकिने व्यवस्था गरिएको छ । त्यसैले राहदानी प्रक्रिया के भयो भनी कार्यालयबाट जानकारी गराउन सकिने छैन । साथै, तपाइँको फाराम कुनै कारण बस अस्वीकृत भएमा त्यसको खबर तपाइँले उपलब्ध गराएको मोबाइल म्यासेज तथा ई-मेलमा प्राप्त हुन्छ । अस्वीकृत भएको जानकारी भएमा सम्बन्धित दर्ता केन्द्रमा सम्पर्क गर्नुहोला, दर्ता केन्द्रबाट आवश्यक कागजातसहित  पुनः पेस गर्नु पर्दछ । यसरी पुनः पेस गर्दा सामान्यतः पुनः फोटो खिच्नु नपर्ने भएकोले आफू उपस्थित नभए पनि आवेदन प्रक्रिया बढाउन सकिन्छ ।
हराएको राहदानीको सट्टा नयाँ राहदानी बनाइसकेपछि पुरानो राहदानी भेटियो, के गर्ने?
हराएको राहदानी भेटिएमा जुन स्थानबाट नयाँ राहदानी बनाइएको हो, त्यहाँ सम्पर्क गरी उक्त भेटिएको पुरानो राहदानी रद्द गराउनु पर्दछ। हराएको राहदानी भेटिए तापनि हराएको जानकारी Interpol मार्फत् विदेशमा समेत पठाइने भएकोले त्यस्तो राहदानी लिई यात्रा गर्न मिल्दैन। हराएको राहदानी लिई यात्रा गरेमा सम्बन्धित मुलुकको अध्यागमन नियम अनुसार कार्यबाही हुन्छ। जारी भइसकेको राहदानीको विवरणमा त्रुटि देखिएमा के गर्ने? राहदानी छपार्इ हुँदा कुनै त्रुटि भएमा नयाँ राहदानी लिनु पर्दछ। यदि विभाग, नियोग वा कार्यालयको त्रुटिका कारण जारी भएको राहदानी प्रयोग हुन नसक्ने भई कसैले नयाँ राहदानी माग गरेमा विभागले कुनै दस्तुर नलिई नयाँ राहदानी जारी गर्नेछ। राहदानी आवेदकको त्रुटिका कारण नयाँ राहदानी बनाउँदा नयाँ राहदानीका लागि लाग्ने बराबरको दस्तुर लाग्नेछ।
विदेशमा रहेको बखत बच्चा जन्मिएमा राहदानी बनाउन के गर्ने?
नेपाली बाबु र आमाबाट विदेशमा रहेका बखत बच्चा जन्मिएमा आफू बसोबास गर्ने मुलुक स्थित नेपाली नियोग वा उक्त मुलुकमा नेपाली नियोग नभएमा सो मुलुक हेर्ने जिम्मेवारी तोकिएको नेपाली नियोगलाई Enrollment Center बनाई आफूलाई उपयुक्त हुने मिति र समयमा Appointment तय गरी Pre-enrollment गरी तोकिएको मिति र समयमा राहदानी आवेदनका लागि आवश्यक कागजातहरू सहित नियोगमा नाबालक र निजको बुवा वा आमा उपस्थित हुनु पर्दछ। यदि बच्चासहित तत्काल नेपाल फर्कनु पर्ने भएमा यात्रा अनुमतिपत्रका लागि सम्बन्धित नेपाली नियोगमा आवेदन पेस गर्नु पर्दछ। विदेशी बाबु र नेपाली आमाबाट जन्मिएका बच्चाको हकमा राहदानीका लागि बाबु नागरिक रहेको मुलुकको सम्बन्धित निकायमा सम्पर्क राख्नु पर्दछ। यसरी एक पटक नाबालिगका नाममा राहदानी जारी गरे पश्चात् अर्को पटक राहदानी जारी गर्नका लागि नाबालिग परिचयपत्र अनिवार्य हुने भएकोले यसरी राहदानी बनाए पछि अनिवार्य रूपमा नेपाल गई सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयबाट नाबालिग परिचयपत्र बनाउनु होला । विदेशमा जन्मिएका नवजात शिशुको जन्म दर्ता/अस्थायी नम्बर लिन के गर्नेः विदेशमा जन्मिएका नवजात शिशुको जन्म दर्ता/अस्थायी नम्बर लिनका लागि निम्न अनुसारका कागजातहरूसहित दूतावासमा सम्पर्क गर्नु पर्नेछ। विदेशमा जन्मिएका नवजात शिशुको जन्म दर्ता/अस्थायी नम्बर लीनका लागि निम्न अनुसारका कागजातहरू सहित दूतावासमा सम्पर्क गर्नु पर्दछ । अ) आमा बाबु दुवै जनाको नागरिकताको प्रतिलिपि , आ) आमा बाबु दुबैजानाको राहदानीको प्रतिलिपि , इ) आमा बाबुको विवाह दर्ताको प्रमाणपत्र , ई) नाबालकको जन्म दर्ताको सक्कल प्रति र सोको प्रतिलिपि १ प्रति , उ) नाबालकको हालै खिचेको पासपोर्ट आकारको फोटो २ प्रति माथि उल्लिखित कागजात सहित दूतावासमा आवेदन दिए पछि दूतावासले जन्म दर्ता वा अस्थायी नम्बर उपलब्ध गराउनेछ । नाबालिगको राहदानीको आवेदन फाराम भर्दा नागरिकता नम्बरको ठाउँमा दूतावासले उपलब्ध गराएको दर्ता नम्बर उल्लेख गर्नु पर्नेछ । नियोग अनुसार यस व्यवस्थामा फरक पर्ने भएकोले यकिन जानकारीका लागि सम्बन्धित नियोगमा सम्पर्क गर्नु होला । राहदानी सम्बन्धमा थप जानकारी आवश्यक परेमा कहाँ सम्पर्क गर्ने? यसका लागि राहदानी विभाग, सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय वा विदेशमा भए सम्बन्धित नेपाली नियोगमा सम्पर्क गर्नु पर्दछ। राहदानी विभागमा सम्पर्कका लागिः टेलिफोनः 01-5970330
विदेशमा जन्मिएका नवजात शिशुको जन्म दर्ता/अस्थायी नम्बर लिन के गर्नेः
विदेशमा जन्मिएका नवजात शिशुको जन्म दर्ता/अस्थायी नम्बर लिन के गर्नेः विदेशमा जन्मिएका नवजात शिशुको जन्म दर्ता/अस्थायी नम्बर लिनका लागि निम्न अनुसारका कागजातहरूसहित दूतावासमा सम्पर्क गर्नु पर्नेछ। अ) आमा बाबु दुबै जनाको नागरिकताको प्रतिलिपि, आ) आमा बाबु दुबै जनाको राहदानीको प्रतिलिपि, इ) आमा बाबुको विवाह दर्ताको प्रमाणपत्र, ई) नाबालकको जन्म दर्ताको सक्कल प्रति र सोको प्रतिलिपि १ प्रति, उ) नाबालकको हालै खिचेको पासपोर्ट आकारको फोटो २ प्रति, माथि उल्लिखित कागजातसहित दूतावासमा आवेदन दिएपछि दूतावासले जन्मदर्ता वा अस्थायी नम्बर उपलब्ध गराउनेछ । नाबालकको राहदानीको आवेदन फाराम भर्दा नागरिकता नम्बरको ठाउँमा दूतावासले उपलब्ध गराएको दर्ता नम्बर उल्लेख गर्नु पर्नेछ । नियोग अनुसार यस व्यवस्थामा फरक व्यवस्था हुनसक्ने भएकाले यकिन जानकारीका लागि सम्बन्धित नियोगमा सम्पर्क गर्न सकिनेछ । राहदानी सम्बन्धमा थप जानकारी आवश्यक परेमा कहाँ सम्पर्क गर्ने? यसका लागि राहदानी विभाग, सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय वा विदेशमा भए सम्बन्धित नेपाली नियोगमा सम्पर्क गर्नु पर्दछ। राहदानी विभागमा सम्पर्कका लागिः टेलिफोनः 01-5970330
राहदानी हरायो, के गर्ने ?
राहदानी हराएमा यसको दुरुपयोग रोक्नका लागि नजिकको आवेदन केन्द्रमा आफ्नो परिचय सहित राहदानी रद्द गर्नका लागि आवेदन दिनु पर्दछ ।  हराएको राहदानीको सट्टा नयाँ राहदानी बनाउँदा पुनः आवेदन दिनु पर्दछ र नयाँ सरह सम्पूर्ण प्रक्रिया अपनाउनु पर्दछ । हराएको राहदानीको सट्टा नयाँ राहदानी बनाइ सकेपछि पुरानो राहदानी भेटियो, के गर्ने? हराएको राहदानी भेटिएमा तुरुन्तै दर्ता केन्द्रमा सम्पर्क गरी भेटिएको राहदानी रद्द गराउनु पर्दछ। हराएको राहदानीको जानकारी Interpol मार्फत् विदेशमा समेत पठाइने भएकोले त्यस्तो राहदानी प्रयोग गर्न मिल्दैन । हराएको राहदानी लिई यात्रा गरेमा सम्बन्धित मुलुकको अध्यागमन नियम अनुसार कारबाही हुन सक्छ । अस्थायी राहदानी भनेको के हो ? विदेशस्थित नियोगमा विद्युतीय राहदानीका लागि आवेदन दिएको तर तुरुन्त राहदानी जरुरी परेमा अस्थायी राहदानीका लागि आवेदन दिन सकिनेछ । अस्थायी राहदानी हस्तलिखित हुने भएकोले सामान्यतः विदेश भ्रमण गर्न मिल्दैन। तर, यस्तो राहदानीबाट कतिपय मुलुकमा भिसाको लागि आवेदन दिन सकिन्छ र नेपाल फर्कन पनि सकिन्छ । आफू रहेको मुलुकमा हस्तलिखित राहदानीबाट भिसा आवेदन दिन सकिने/नसकिने यकिन गरी अस्थायी राहदानीका लागि आवेदन दिनु पर्दछ ।
जारी भइसकेको राहदानीको विवरणमा त्रुटि देखिएमा के गर्ने?
राहदानी छपार्इ हुँदा कुनै त्रुटि भएमा नयाँ राहदानी लिनु पर्दछ। यदि विभाग , नियोग वा कार्यालयको त्रुटिका कारण जारी भएको राहदानी प्रयोग हुन नसक्ने भई कसैले नयाँ राहदानी माग गरेमा विभागले कुनै दस्तुर नलिई नयाँ राहदानी जारी गर्नेछ। राहदानी आवेदकको त्रुटिका कारण नयाँ राहदानी बनाउँदा नयाँ राहदानीका लागि लाग्ने बराबरको दस्तुर लाग्नेछ। के राहदानी नवीकरण गर्दा पुरानो सङ्ख्या (Number) कै राहदानी बन्दछ ? मेरो राहदानीमा भिसा छ, नवीकरण गर्दा के हुन्छ ? बन्दैन । राहदानी  नवीकरण गर्दा नयाँ सङ्ख्याको राहदानी बन्दछ । नयाँ जारी गरिएको राहदानीमा पुरानो राहदानी सङ्ख्या समेत उल्लेख गरिने भएकोले सामान्यतः पुरानो तथा नयाँ दुबै राहदानी साथमा लिई यात्रा गर्दा पहिलाको राहदानीमा भएको भिसा मान्य हुन्छ । यो विषय मुलुक पिच्छेको नियममा निर्भर गर्ने भएकोले जुन मुलुकको भ्रमण गर्ने हो वा जुन मुलुकको भिसा लिएको हो, सोही मुलुकको आधिकारिक निकायसँग बुझ्नु राम्रो हुन्छ । विदेशस्थित नियोगमा राहदानीको लागि आवेदन दिएकोमा राहदानी प्राप्त नुहुँदै नेपाल फर्कनुपर्‍यो, के गर्ने ? दूतावासमा राहदानीका लागि आवेदन दिएकोमा राहदानी जारी नुहुँदै नेपाल फर्कनु परेमा उक्त कुरा दूतावासलाई जानकारी गराई तयार राहदानी विभागबाट जारी गर्नु अनुरोध गर्न सकिन्छ। यदि राहदानी चलानी भइसकेको रहेनछ भने तयार राहदानी विभागबाट लिन सकिन्छ। विभागबाट राहदानी लिन दूतावासको सिफारिस पत्र, सक्कल राहदानी/नाबालिग परिचयपत्र, सम्बन्धित पुरानो राहदानी/यात्रा अनुमतिपत्र र रसिद लिई विभागमा स्वयम् उपस्थित हुनु पर्दछ। विभागबाट कागजात रुजू गरी राहदानी जारी गरिन्छ। विदेशमा राहदानी तुरुन्त चाहिएमा आफन्तमार्फत् नेपालबाट झिकाउन सकिन्छ? सकिँदैन । राहदानी लिन आउँदा के-के कागजात लिई आउनु पर्छ? कति समय लाग्छ? आफैं आउनु पर्दछ? राहदानी बुझ्न आउँदा राहदानी आवेदन फाराम, पुरानो सक्कल राहदानी (पहिलोपल्ट राहदानी आवेदन दिएको वा हराएको कारण आवेदन दिएकोमा बाहेक), नागरिकता तथा दस्तुर बुझाएको रसिद साथमा लिई आउनु पर्दछ । राहदानी लिन स्वयम् उपस्थित हुनु पर्दछ तर नाबालकको हकमा निजको आमा वा बुबा आउनु पर्दछ । तयार राहदानी लिन १०-१५ मिनेट समय लाग्छ । यदी कुनै कारण बस स्वयम् उपस्थित हुन नसकेमा आफन्तलाई लिखित अख्तियारी दिई पठाउन सकिनेछ।  यसरी अख्तियारी प्राप्त व्यक्तिले माथि उल्लिखित कागजातको अतिरिक्त आफ्नो राहदानी/नागरिकता समेत साथमा लिई आउनु पर्नेछ ।
के राहदानी नवीकरण गर्दा पुरानो सङ्ख्या (Number) कै राहदानी बन्दछ ? मेरो राहदानीमा भिसा छ, नवीकरण गर्दा के हुन्छ ?
बन्दैन । राहदानी  नवीकरण गर्दा नयाँ सङ्ख्याको राहदानी बन्दछ । नयाँ जारी गरिएको राहदानीमा पुरानो राहदानी सङ्ख्या समेत उल्लेख गरिने भएकोले सामान्यतः पुरानो तथा नयाँ दुबै राहदानी साथमा लिई यात्रा गर्दा पहिलाको राहदानीमा भएको भिसा मान्य हुन्छ । यो विषय मुलुक पिच्छेको नियममा निर्भर गर्ने भएकोले जुन मुलुकको भ्रमण गर्ने हो वा जुन मुलुकको भिसा लिएको हो, सोही मुलुकको आधिकारिक निकायसँग बुझ्नु राम्रो हुन्छ । विदेशस्थित नियोगमा राहदानीको लागि आवेदन दिएकोमा राहदानी प्राप्त नुहुँदै नेपाल फर्कनुपर्‍यो, के गर्ने ? दूतावासमा राहदानीका लागि आवेदन दिएकोमा राहदानी जारी नुहुँदै नेपाल फर्कनु परेमा उक्त कुरा दूतावासलाई जानकारी गराई तयार राहदानी विभागबाट जारी गर्नु अनुरोध गर्न सकिन्छ। यदि राहदानी चलानी भइसकेको रहेनछ भने तयार राहदानी विभागबाट लिन सकिन्छ। विभागबाट राहदानी लिन दूतावासको सिफारिस पत्र, सक्कल राहदानी/नाबालिग परिचयपत्र, सम्बन्धित पुरानो राहदानी/यात्रा अनुमतिपत्र र रसिद लिई विभागमा स्वयम् उपस्थित हुनु पर्दछ। विभागबाट कागजात रुजू गरी राहदानी जारी गरिन्छ। विदेशमा राहदानी तुरुन्त चाहिएमा आफन्तमार्फत् नेपालबाट झिकाउन सकिन्छ? सकिँदैन । राहदानी लिन आउँदा के-के कागजात लिई आउनु पर्छ? कति समय लाग्छ? आफैं आउनु पर्दछ? राहदानी बुझ्न आउँदा राहदानी आवेदन फाराम, पुरानो सक्कल राहदानी (पहिलोपल्ट राहदानी आवेदन दिएको वा हराएको कारण आवेदन दिएकोमा बाहेक), नागरिकता तथा दस्तुर बुझाएको रसिद साथमा लिई आउनु पर्दछ । राहदानी लिन स्वयम् उपस्थित हुनु पर्दछ तर नाबालकको हकमा निजको आमा वा बुबा आउनु पर्दछ । तयार राहदानी लिन १०-१५ मिनेट समय लाग्छ । यदी कुनै कारण बस स्वयम् उपस्थित हुन नसकेमा आफन्तलाई लिखित अख्तियारी दिई पठाउन सकिनेछ।  यसरी अख्तियारी प्राप्त व्यक्तिले माथि उल्लिखित कागजातको अतिरिक्त आफ्नो राहदानी/नागरिकता समेत साथमा लिई आउनु पर्नेछ ।
विदेशस्थित नियोगमा राहदानीको लागि आवेदन दिएकोमा राहदानी प्राप्त नुहुँदै नेपाल फर्कनुपर्‍यो, के गर्ने ?
दूतावासमा राहदानीका लागि आवेदन दिएकोमा राहदानी जारी नुहुँदै नेपाल फर्कनु परेमा उक्त कुरा दूतावासलाई जानकारी गराई तयार राहदानी विभागबाट जारी गर्नु अनुरोध गर्न सकिन्छ। यदि राहदानी चलानी भइसकेको रहेनछ भने तयार राहदानी विभागबाट लिन सकिन्छ। विभागबाट राहदानी लिन दूतावासको सिफारिस पत्र, सक्कल राहदानी/नाबालिग परिचयपत्र, सम्बन्धित पुरानो राहदानी/यात्रा अनुमतिपत्र र रसिद लिई विभागमा स्वयम् उपस्थित हुनु पर्दछ। विभागबाट कागजात रुजू गरी राहदानी जारी गरिन्छ। विदेशमा राहदानी तुरुन्त चाहिएमा आफन्तमार्फत् नेपालबाट झिकाउन सकिन्छ? सकिँदैन । राहदानी लिन आउँदा के-के कागजात लिई आउनु पर्छ? कति समय लाग्छ? आफैं आउनु पर्दछ? राहदानी बुझ्न आउँदा राहदानी आवेदन फाराम, पुरानो सक्कल राहदानी (पहिलोपल्ट राहदानी आवेदन दिएको वा हराएको कारण आवेदन दिएकोमा बाहेक), नागरिकता तथा दस्तुर बुझाएको रसिद साथमा लिई आउनु पर्दछ । राहदानी लिन स्वयम् उपस्थित हुनु पर्दछ तर नाबालकको हकमा निजको आमा वा बुबा आउनु पर्दछ । तयार राहदानी लिन १०-१५ मिनेट समय लाग्छ । यदी कुनै कारण बस स्वयम् उपस्थित हुन नसकेमा आफन्तलाई लिखित अख्तियारी दिई पठाउन सकिनेछ।  यसरी अख्तियारी प्राप्त व्यक्तिले माथि उल्लिखित कागजातको अतिरिक्त आफ्नो राहदानी/नागरिकता समेत साथमा लिई आउनु पर्नेछ ।
विदेशमा राहदानी तुरुन्त चाहिएमा आफन्त मार्फत नेपालबाट झिकाउन सकिन्छ?
सकिँदैन । राहदानी लिन आउँदा के-के कागजात लिई आउनु पर्छ? कति समय लाग्छ? आफैं आउनु पर्दछ? राहदानी बुझ्न आउँदा राहदानी आवेदन फाराम, पुरानो सक्कल राहदानी (पहिलोपल्ट राहदानी आवेदन दिएको वा हराएको कारण आवेदन दिएकोमा बाहेक), नागरिकता तथा दस्तुर बुझाएको रसिद साथमा लिई आउनु पर्दछ । राहदानी लिन स्वयम् उपस्थित हुनु पर्दछ तर नाबालकको हकमा निजको आमा वा बुबा आउनु पर्दछ । तयार राहदानी लिन १०-१५ मिनेट समय लाग्छ । यदी कुनै कारण बस स्वयम् उपस्थित हुन नसकेमा आफन्तलाई लिखित अख्तियारी दिई पठाउन सकिनेछ।  यसरी अख्तियारी प्राप्त व्यक्तिले माथि उल्लिखित कागजातको अतिरिक्त आफ्नो राहदानी/नागरिकता समेत साथमा लिई आउनु पर्नेछ । विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हो? के दूतावासबाट राष्ट्रिय परिचयपत्र बनाउन सकिन्छ? राहदानीका लागि १६ वर्ष उमेर नपुगेका आवेदकको लागि तथा नियोगबाट आवेदन दिँदा राष्ट्रिय परिचयपत्र अनिवार्य छैन । नियोगबाट राष्ट्रिय परिचय पत्र बनाउन सकिँदैन। तर नेपाल आएको समयमा भने राष्ट्रिय परिचयपत्र बनाउन सकिनेछ।
राहदानी लिन आउँदा के-के कागजात लिई आउनु पर्छ? कति समय लाग्छ? आफैं आउनु पर्दछ?
राहदानी बुझ्न आउँदा राहदानी आवेदन फाराम, पुरानो सक्कल राहदानी (पहिलोपल्ट राहदानी आवेदन दिएको वा हराएको कारण आवेदन दिएकोमा बाहेक), नागरिकता तथा दस्तुर बुझाएको रसिद साथमा लिई आउनु पर्दछ । राहदानी लिन स्वयम् उपस्थित हुनु पर्दछ तर नाबालकको हकमा निजको आमा वा बुबा आउनु पर्दछ । तयार राहदानी लिन १०-१५ मिनेट समय लाग्छ । यदी कुनै कारण बस स्वयम् उपस्थित हुन नसकेमा आफन्तलाई लिखित अख्तियारी दिई पठाउन सकिनेछ।  यसरी अख्तियारी प्राप्त व्यक्तिले माथि उल्लिखित कागजातको अतिरिक्त आफ्नो राहदानी/नागरिकता समेत साथमा लिई आउनु पर्नेछ मोबार्इल एप्स 'Nepal ePassport' कसरी डाउनलोड गर्ने? मोबार्इल एप्स 'Nepal ePassport' डाउनलोड गर्नका लागि Android System हुनेहरूले Google Play वा iPhone हुनेहरूले App Store बाट वा विभागको वेबपेज https://nepalpassport.gov.np/ बाट सोझै Download गरी Install गर्न सकिन्छ।।
के ६६ पेजको राहदानीमा भिसा लाग्ने सम्भावना बढी हुन्छ
हुँदैन। ३4 पेज वा ६६ पेज दुबै राहदानीको मान्यता समान हुन्छ।
मेरो राहदानी हरायो, मसँग प्रतिलिपि पनि छैन । नयाँ राहदानी आवेदन दिन यसको प्रतिलिपी कसरी पाउन सकिएला?
पुरानो राहदानीको प्रतिलिपि उपलब्ध नभएमा पहिलाको फाराम वा यस सम्बन्धी विवरण लिनका लागि सम्बन्धित दर्ता केन्द्र वा राहदानी विभागमा सम्पर्क गर्न सकिनेछ। राहदानीका लागि कस्तो तस्बिर आवश्यक पर्छ? राहदानीका लागि आवश्यक फोटो दर्ता केन्द्रमै खिचिने भएको हुँदा छुट्टै फोटो आवश्यक पर्दैन। के राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हो? १६ वर्ष माथिका र नेपालमा आवेदन दिने आवेदकहरूका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हो। तर, विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा वा १६ वर्ष उमेर नपुगेको रहेछ भने राष्ट्रिय परिचयपत्र अनिवार्य छैन। साधारण राहदानी बनाउन के गर्ने? साधारण विद्युतीय राहदानी बनाउने प्रक्रिया (क) साधारण विद्युतीय राहदानी बनाउनका सर्वप्रथम अनलाइन फाराम ( pre-enrolment form) भर्नुहोस् । अनलाईन फाराम घरमै बसी कम्प्युटर वा मोबाइलबाट भर्न सकिन्छ । फाराम भर्दा सकभर आफैं भर्नुहोस् र सबै विवरण फरक नपर्ने गरी ठीकसँग भर्नुहोस् । मोबाइलबाट फाराम भर्न मोबाइल एपको प्रयोग गर्न सकिन्छ । फाराम भर्दा आफूलाई सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय, राहदानी विभाग वा विदेशमा भए सम्बन्धित दूतावास/कन्सुलेट लाई Enrolment Centre छनौट गरी आफूलाई उपयुक्त हुने मिति र समयमा Appointment तय गरी फाराम भर्नु पर्दछ । फाराम भर्दा दिइएको मार्गदर्शन अनुसार भरी फाराम बुझाउने (Submit) र उक्त फाराम बुझाएपछि तपाइँले बारकोड तथा QR कोड सहितको फारामको पूर्ण प्रति प्राप्त गर्नुहुनेछ । उक्त फाराम प्रिन्ट गरी निर्धारित समयमा दर्ता केन्द्रमा आउनुहोस् । प्रिन्ट गर्ने सुविधा नभएमा तपाइको मोबाइल फोनमा सुरक्षित गरी त्यसलाई लिएर आउँदा पनि हुन्छ । मोबाइलमा लिएर आउँदा सक्कल फाराम लिएर आउनु होला (screenshot होइन ) । (ख) फाराम भरे पछि उक्त फाराम तथा अन्य आवश्यक कागजहरू सहित तपाइँले रोज्नु भएको दर्ता केन्द्रमा गई राहदानी आवेदन दर्ता गर्नु पर्दछ । राहदानी आवेदन दर्ता गर्न १. फाराम रुजू गर्ने → २. राजस्व भुक्तानी गर्ने , र→ ३. दर्ता गर्ने (फोटो खिच्ने र जैविक विवरण दिने) कार्य गर्नु पर्दछ । (ग) राहदानी तयार भएपछि उक्त कुरा ईमेल वा एसएमएस (SMS) बाट जानकारी गराइनेछ । जानकारी प्राप्त भए पछि आवश्यक कागजात लिई जुन ठाउँबाट आवेदन दिनुभएको हो सोही ठाउँमा गई राहदानी सङ्कलन गर्नुहोस् । (विदेशस्थित नेपाली नियोगहरुको राहदानी delivery सम्बन्धी व्यवस्था हुलाकमार्फत् वा स्वयम् उपस्थित भई लिन सकिने व्यवस्था हुन सक्नेछ।) (घ) नयाँ राहदानी लिँदा वा नवीकरण गर्दा वा अन्य जुनसुकै अवस्थामा राहदानी बनाउँदा पनि सोही प्रक्रिया अपनाउनु पर्दछ ।
राहदानी सम्बन्धमा थप जानकारी चाहिएमा कहाँ सम्पर्क गर्ने
राहदानी सम्बन्धी थप जानकारी चाहिएमा सम्बन्धित दर्ता केन्द्रमा सम्पर्क गर्न सकिनेछ। राहदानीको शुल्क कसरी बुझाउन सकिन्छ? राहदानीको लागि आवश्यक शुल्क दर्ता केन्द्र अनुसार फरक पर्छ। तथापि, विभिन्न स्थानमा अनलाइन वा बैंक ट्रान्सफर वा नगदमै भुक्तानी गर्ने व्यवस्था मिलाइएको हुन्छ। तसर्थ सम्बन्धित कार्यालयबाट थप जानकारी लिन सकिनेछ । इलाका कार्यालय तथा नेपाल स्थित दुताबासमा एपोइन्टमेन्ट स्लट देखिँदैन के कारण होला राहदानी विभागले पर्याप्त मात्रामा समय लिन सकिने गरी एपोइन्टमेन्ट खोल्नको लागि सम्बन्धित कार्यालयहरूलाई अनुरोध गरेको छ। यस सम्बन्धमा सम्बन्धित कार्यालयबाटै थप जानकारी लिन सकिनेछ। मैले फारम भरेर एउटा समय लिसके उक्त समय क्यान्सिल अथवा परिवर्तन गर्न के गर्नुपर्ला? एकपटक फाराम भरी सकेपछि यसलाई परिवर्तन गर्ने व्यवस्था छैन। यदि तपाईंलाई तोकिएको समयमा उपस्थित हुन नसक्ने अवस्था भई अन्य समय लिनुपर्ने अवस्था भएमा सम्बन्धित कार्यालयमा सम्पर्क गरी सोही फारामलाई वा नयाँ फाराम भरी कार्यालयले तोके अनुसार गर्नुपर्दछ। हाल म नागरिकता लिएको भन्दा अर्कै जिल्लामा बस्ने गर्छु के त्यहाँबाट राहदानीको लागि आवेदन दिन सकिन्छ? यदि तपाईं कुनै जिल्लामा बसाईंसराई गरी जानुभएको छ भने आफू बस्ने जिल्लाबाट आवेदन गर्न सकिन्छ। साथै जुनसुकै जिल्लामा रहेको भएतापनि राहदानी विभागमा आवेदन गर्न सकिन्छ। अन्य अवस्थामा सम्बन्धित जिल्ला वा इलाका प्रशासन कार्यालयबाट आवेदन दिनु पर्दछ। तयार राहदानी लिन के-के गर्नु पर्छ? के-के कागजात आवश्यक पर्दछन्? राहदानी तयार भएको जानकारी प्राप्त भएपछि राहदानी आवेदन फाराम, राहदानीको शुल्क बुझाएको रसिद, नागरिकता प्रमाणपत्र र पहिलाको राहदानीसहित सम्बन्धित कार्यालयमा जानु पर्दछ । सामान्यतः कार्यालय समयमा तयार राहदानी जारी गरिन्छ। तर, यस सम्बन्धमा कार्यालय अनुसार फरक-फरक व्यवस्था हुनसक्ने भएकोले सम्बन्धित कार्यालयबाट थप जानकारी लिन सकिनेछ। ३४ पेज वा ६६ पेज कुन राहदानीका लागि आवेदन दिने? के सबैले ६६ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिन्छ ? यदि तपाईंलाई बारम्बार यात्रा गरिरहनुपर्छ र राहदानीको पाना अपर्याप्त हुन सक्छन् भन्ने लागेमा ६६ पेजको राहदानीका लागि आवेदन दिनु पर्दछ। अन्यथा, ३4 पेजको लागि राहदानी आवेदन दिनु पर्दछ। के ६६ पेजको राहदानीमा भिसा लाग्ने सम्भावना बढी हुन्छ? हुँदैन। ३4 पेज वा ६६ पेज दुबै राहदानीको मान्यता समान हुन्छ। अफिसियल/कुटनितिक तथा सर्भिस राहदानीका लागि आवेदन दिन के-के कागजात जरुरी हुन्छ? यस सम्बन्धमा सम्बन्धित मन्त्रालय वा संवैधानिक निकाय वा अड्डा अदालतबाट थप बुझ्न सकिनेछ।
मैले राहदानीको लागि फारम भरेकोमा त्रुटि हुन गएछ कसरी सच्याउने होला
हराएको वा झुत्रो राहदानीको अभावमा राहदानी आवेदन प्रक्रिया
हराएको, चोरी भएको अवस्थामा प्रतिलिपि नभएको वा भएतापनि विवरण नबुझिने भइ स्पष्ट नभएमा आवेदकले राहदानी विभाग वा दर्ता केन्द्रमा सम्पर्क गरी  उक्त राहदानीको विवरण लिन सकिन्छ । राहदानी हरायो वा चोरी भयो, पत्रपत्रिकामा सूचना दिनु पर्छ? राहदानी हराएमा वा चोरी भएमा पत्रपत्रिकामा सूचना निकाल्नु पर्दैन। प्रहरी प्रतिवेदन पनि आवश्यक पर्दैन।सोझै राहदानीका लागि आवेदन गर्न सकिनेछ। विभागले हराएको राहदानीलार्इ रद्द गरेको जानकारी Interpol लार्इ दिने व्यवस्था छ। के राहदानी नवीकरण गर्दा पुरानो नम्बरकै राहदानी बन्दछ? मेरो राहदानीमा भिसा छ, नवीकरण गर्दा के हुन्छ? बन्दैन। राहदानी नवीकरण गर्दा नयाँ नम्बरको राहदानी बन्दछ। राहदानी नवीकरण गर्दा नयाँ राहदानीमा पुरानो राहदानीको नम्बर आउने भएकोले सामान्यतः पुरानो राहदानीमा भएको भिसाको आधारमा भ्रमण गर्न सकिन्छ। यद्यपि, यो विषय भ्रमण गर्ने मुलुकको नियममा निर्भर गर्ने भएकोले जुन मुलुकको भ्रमण गर्ने हो, सो मुलुकको आधिकारिक निकायसँग बुझ्न राम्रो हुन्छ।
विदेशस्थित नियोगमा राहदानीको लागि आवेदन दिएकोमा राहदानी प्राप्त नुहुँदै नेपाल फर्कनुपर्‍यो, के गर्ने ?
दूतावासमा राहदानीका लागि आवेदन दिएकोमा राहदानी जारी नुहुँदै नेपाल फर्कनु परेमा उक्त कुरा दूतावासलाई जानकारी गराई तयार राहदानी विभागबाट जारी गर्नु अनुरोध गर्न सकिन्छ। यदि राहदानी चलानी भइसकेको रहेनछ भने तयार राहदानी विभागबाट लिन सकिन्छ। विभागबाट राहदानी लिन दूतावासको सिफारिस पत्र, सक्कल राहदानी/नाबालिग परिचयपत्र, सम्बन्धित पुरानो राहदानी/यात्रा अनुमतिपत्र र रसिद लिई विभागमा स्वयम् उपस्थित हुनु पर्दछ। विभागबाट कागजात रुजू गरी राहदानी जारी गरिन्छ। विदेशमा राहदानी तुरुन्त चाहिएमा आफन्तमार्फत् नेपालबाट झिकाउन सकिन्छ? सकिँदैन । राहदानी लिन आउँदा के-के कागजात लिई आउनु पर्छ? कति समय लाग्छ? आफैं आउनु पर्दछ? राहदानी बुझ्न आउँदा राहदानी आवेदन फाराम, पुरानो सक्कल राहदानी (पहिलोपल्ट राहदानी आवेदन दिएको वा हराएको कारण आवेदन दिएकोमा बाहेक), नागरिकता तथा दस्तुर बुझाएको रसिद साथमा लिई आउनु पर्दछ । राहदानी लिन स्वयम् उपस्थित हुनु पर्दछ तर नाबालकको हकमा निजको आमा वा बुबा आउनु पर्दछ । तयार राहदानी लिन १०-१५ मिनेट समय लाग्छ । यदी कुनै कारण बस स्वयम् उपस्थित हुन नसकेमा आफन्तलाई लिखित अख्तियारी दिई पठाउन सकिनेछ।  यसरी अख्तियारी प्राप्त व्यक्तिले माथि उल्लिखित कागजातको अतिरिक्त आफ्नो राहदानी/नागरिकता समेत साथमा लिई आउनु पर्नेछ । विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हो? के दूतावासबाट राष्ट्रिय परिचयपत्र बनाउन सकिन्छ? राहदानीका लागि १६ वर्ष उमेर नपुगेका आवेदकको लागि तथा नियोगबाट आवेदन दिँदा राष्ट्रिय परिचयपत्र अनिवार्य छैन । नियोगबाट राष्ट्रिय परिचय पत्र बनाउन सकिँदैन। तर नेपाल आएको समयमा भने राष्ट्रिय परिचयपत्र बनाउन सकिनेछ।\
के राहदानीमा खबर गर्ने व्यक्तिको नाम बदल्न सकिन्छ?
तयार राहदानीमा खबर गर्ने व्यक्तिको नाममा त्रुटि भयो वा उक्त राहदानीमा रहेको खबर गर्ने व्यक्तिको नाम परिवर्तन गर्नुपर्ने भयो भने नयाँ राहदानी लिँदा अपनाउनुपर्ने सम्पूर्ण प्रक्रियाहरू पूरा गर्नुपर्दछ।राहदानी बनाउन थप कागजात राहदानी बनाउन थप कागजातः क) नागरिकतामा रहेको जन्म मिति भन्दा शैक्षिक योग्यतामा भएको जन्म मिति फरक परेमा र शैक्षिक योग्यता अनुसारको जन्म मिति कायम गरी राहदानी लिनु पर्ने भएमा एसएलसी/एसईई वा सो सरह वा सो भन्दा माथिल्लो तहको शैक्षिक योग्यताको प्रमाणपत्र। ख) नागरिकतामा रहेको जन्म मिति भन्दा भारतीय वा ब्रिटिस वा सिङ्गापुर पेन्सन पट्टाको जन्म मिति फरक परेमा र पेन्सन पट्टा अनुसारको जन्म मिति कायम गरी राहदानी लिनु पर्ने भएमा भारतीय वा ब्रिटिस वा सिङ्गापुर पेन्सनपट्टा (Discharge Certificate) प्रमाणपत्र। ग) विवाहित महिलाले नागरिकतामा रहेको थरको अतिरिक्त पतिको थर कायम गरी राहदानी बनाउनु पर्ने भएमा विवाह दर्ताको प्रमाणपत्र र पतिको नागरिकताको प्रमाणपत्र, घ) पारपाचुके गरेका महिलाहरूले नागरिकतामा उल्लेख गरिएको थर मात्र कायम गरी राहदानी लिन चाहेमा पारपाचुके प्रमाणपत्र ।
विदेशमा जन्मिएका सन्तानको राहदानी आवेदन व्यवस्था
विदेशमा जन्मिएका नेपाली आमा-बाबुका सन्तानको पहिलो पटक राहदानीका लागि आवेदन दिने विशेष व्यवस्थाः जन्म दर्ता वा अस्थायी दर्ता नम्बर लिनु पर्नेः नेपाली आमा-बाबुबाट विदेशमा जन्मेका सन्तानको हकमा नाबालक परिचयपत्र नहुने भएकोले दूतावासले जन्म दर्ताको प्रमाणपत्र वा अस्थायी दर्ता नम्बर प्रदान गर्दछ, जुन नम्बर नागरिकता भएको महलमा भर्नुपर्दछ । जसका लागि निम्न अनुसारका थप कागजातहरू आवश्यक पर्छन् । अ)         आमा बाबु दुवै जनाको नागरिकताको प्रतिलिपि, आ)       आमा बाबु दुबै जनाको राहदानीको प्रतिलिपि, इ)          आमा बाबुको विवाह दर्ताको प्रमाणपत्र, ई)          नाबालकको जन्म दर्ताको सक्कल प्रति, उ)          नाबालकको हालै खिचेको पासपोर्ट आकारको फोटो २ प्रति माथि उल्लिखित कागजात सहित दूतावासमा आवेदन दिए पछि दूतावासले जन्म दर्ता वा अस्थायी नम्बर उपलब्ध गराउनेछ । नाबालकको राहदानीको आवेदन फाराम नागरिकता नम्बरको ठाउँमा दूतावासले उपलब्ध गराएको दर्ता नम्बर उल्लेख गर्नु पर्नेछ। साथै यसरी एक पटक नाबालकका नाममा राहदानी जारी गरेपश्चात् अर्को पटक राहदानी जारी गर्नका लागि नाबालक परिचयपत्र अनिवार्य हुने भएकोले यसरी राहदानी बनाए पछि अनिवार्य रूपमा नेपालको सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयबाट नाबालक परिचयपत्र बनाउनु पर्दछ । राहदानी बनाउन थप कागजातः क)        नागरिकतामा रहेको जन्म मिति भन्दा शैक्षिक योग्यतामा भएको जन्म मिति फरक परेमा र शैक्षिक योग्यता अनुसारको जन्म मिति कायम गरी राहदानी लिनु पर्ने भएमा एसएलसी/एसईई वा सो सरह वा सो भन्दा माथिल्लो तहको शैक्षिक योग्यताको प्रमाणपत्र। ख)        नागरिकतामा रहेको जन्म मिति भन्दा भारतीय वा ब्रिटिस वा सिङ्गापुर पेन्सन पट्टाको जन्म मिति फरक परेमा र पेन्सन पट्टा अनुसारको जन्म मिति कायम गरी राहदानी लिनु पर्ने भएमा भारतीय वा ब्रिटिस वा सिङ्गापुर पेन्सनपट्टा (Discharge Certificate) प्रमाणपत्र। ग)          विवाहित महिलाले नागरिकतामा रहेको थरको अतिरिक्त पतिको थर कायम गरी राहदानी बनाउनु पर्ने भएमा विवाह दर्ताको प्रमाणपत्र र पतिको नागरिकताको प्रमाणपत्र, घ)         पारपाचुके गरेका महिलाहरूले नागरिकतामा उल्लेख गरिएको थर मात्र कायम गरी राहदानी लिन चाहेमा पारपाचुके प्रमाणपत्र ।
विद्युतीय राहदानी भनेको के हो?
विद्युतीय राहदानी हालको राहदानीको परिमार्जित रूप हो जसमा हालको राहदानीमा भएका कुराहरूको अतिरिक्त विद्युतीय चिप खामिएको हुन्छ । उक्त चिपमा औँठाछाप , तस्विर लगायतका आवेदकका व्यक्तिगत विवरणहरू राखिएका हुन्छन् । यी विवरणहरू कसैले थपघट वा फेर बदल गर्न नसक्ने गरी सुरक्षित राखिएको हुन्छ । विदेश भ्रमण गर्दा यसमा भएका विवरण सहज रूपमा कम्प्युटरमा लगि हेर्न , पढ्न र त्रुटि रहित रूपमा तुलना गर्न सकिने भएकोले व्यक्तिको सहि पहिचान हुन्छ जसका कारण यात्रा सहज हुन्छ । हालसम्म विभिन्न मुलुकमा जारी भएका राहदानीमा विद्युतीय राहदानी अत्याधुनिक मध्येमा पर्दछ । ICAO PKD मार्फत सूचनाहरू रुजू हुने हुँदा विभिन्न मुलुकका अध्यागमन विन्दुहरूमा निकै सहज र छिटो हुन्छ । अध्यागमन विन्दुहरूमा विद्युतीय ढोका भएमा स्वचालित विधि अवलम्बन गरिने भएकोले त्यस्तो ढोका प्रयोग
End of preview. Expand in Data Studio
YAML Metadata Warning: empty or missing yaml metadata in repo card (https://huggingface.co/docs/hub/datasets-cards)

🇳🇵 SevaBot QA Dataset for Government Services in Nepal

This dataset is designed to support the training of question-answering models for a virtual assistant (SevaBot) that provides information about government services in Nepal. It includes a wide variety of questions and detailed answers related to public services such as citizenship, passports, taxes, health, education, and more.

📁 Dataset Format

The dataset is in JSON format, where each entry is a dictionary with the following structure:

{
  "question": "How can I apply for a Nepali passport?",
  "answer": "To apply for a Nepali passport, you need to fill out the online form at ... [rest of answer]"
}
Downloads last month
6